अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धारामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धारा कमिटीले विस्तारित बैठक आयोजना गरेको छ ।
सिद्धाराको ठाडाखाेलामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धारा कमिटीले शनिबार विस्तारित बैठक आयोजना गरेको छ ।
वार्ड भेला तथा प्रशिक्षण कार्यक्रम वार्ड कमिटी सचिव नवराज भुसालकाे अध्यक्ष्यता, नगर कमिटी अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यता, वार्ड कमिटी ईन्चार्ज नारायण प्रसाद आचार्यकाे बिशिस्ट आतिथ्यता, वार्ड सदस्य ईन्द्र ब. पल्ली , देवेन्द्र रेस्मी, झविन्द्र खनाल, बुध्दि बहादुर नेपाली, गाेपाल खनाल लगायत वार्ड कमिटीका र टाेल कमिटीका गरि ५४जनाकाे उपस्थिती रहेकाे थियो ।
कार्यक्रम झबिन्द्र खनालकाे स्वागत र केवल परियारकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।