दहखोला, वाङला, नरपानीमा ट्राफिक सचेतना दुर्घटना न्युनिकरण सम्बन्धी प्रहरीको प्रशिक्षण

अर्घाखाँचीडट्कम संवाददाता 
दहखोला, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको वाङला, नरपानी, दहखोला सडक खण्डमा कुहिरो ,हुस्सु, हिमपात, सितलहरको कारणले सडक चिप्लो भई हुने दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  
सवारी दुर्घटना न्युनिकरण प्रभावकारी ट्राफिक ब्यबस्थापन गरी चालकसंग सडक संकेत प्रयोग सम्बन्धि प्रशिक्षण कार्यक्रम अन्तर्गत आज जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. ४ वाङला स्थित सन्धिखर्क –तम्घास सडक खण्डमा यस कार्यालय बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले, सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित गोरुसिङगे- सन्धिखर्क पक्कि सडक खण्डमा अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधनका चालक-सह-चालक हरु १ पटकमा २५  जना र अन्य सर्बसाधरण हरु १  पटकमा २० जना गरी २ पटकमा ४५ जनालाई सडकमै जम्मा गरी सडकमा राखिएका बिभिन्न किसिमका सडक संकेत बोर्ड हरु र ट्राफिक सचेतनामुलक होडिङ बोर्ड हरु को बारेमा प्रशिक्षण ,मौसमको कारणले हुने सवारी दुर्घटना कुहिरो ,हुस्सु, हिमपात, सितलहरको कारणले सडक चिप्लो भई हुने दुर्घटना ,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने साबधानि ,सवारी साधनमा यात्रा गर्दा ध्यान दिनु पर्ने कुराहरु तथा अन्य ट्राफिक सम्बन्धि,महिला हिंसा,यौनजन्य दुर्ब्यवहार सम्बन्धि प्रशिक्षण दिई बिभिन्न ट्राफिक जनचेतनामुलक सन्देशहरु लेखिएका सचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरीनुको साथै अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीले नरपानी देखी दहखोला सम्मको सडक खण्डमा बिभिन्न किसिमका सचेतनामुलक ट्राफिक स्वलोगनहरु लेखिएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक स्वलोगन लेखिएका स्टिकर समेत टाँस गरी र पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।