सन्धिखर्क लगायत जिल्लाभर यस वर्ष माघे संक्रान्ति मेला नहुने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर यस वर्ष माघ १ गते माघे संक्रान्ति मेला नहुने भएको छ ।
सन्धिखर्क लगायत जिल्लाभर यस वर्ष माघ १ गते माघे संक्रान्ति मेलामा कुनै औपचारिक कार्यक्रम नहुने भएको हो ।
सन्धिखर्क, चुत्राबेसीको बाँगी खोलामा माघ १ गते मकर मेलामा विभिन्न औपचारिक कार्यक्रम गरिँदै आएकोमा यो बर्ष भने कोरोना महामारीका कारण कुनै कार्यक्रम नगरिने सन्धिखर्क नगरपालिकाले जानकारी दियो । 
यस बर्ष विगतका बर्ष जस्तो कुनै कार्यक्रम नराखिएको भए पनि स्वस्फुर्त रुपमा गएर पूजा पाठ गर्न भने रोक नलगाइएको बताइएको छ ।  मकर मेला नभए पनि पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म गर्न सकिने बताइएको छ ।