नरपानीको चुनढुङगा खानी क्षेत्रमा चल्ने टिप्पर चालकहरुलाई प्रहरीद्धारा ट्राफिक प्रशिक्षण

अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नरपानीको चुनढुङगा खानी क्षेत्रमा संचालित टिप्पर चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तालुक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलको सि.न २०८९ आज प्राप्त संचार (०) आदेशानुसार सवारी दुर्घटना न्युनिकरण प्रभावकारी ट्राफिक ब्यबस्थापन गर्ने उदेश्यका साथ आज मिति २०७७।०९।२८ गते  सन्धिखर्क नगरपालिका वार्ड नं. ७ नरपानी सुपादेउराली स्थित यस कार्यालय बाट प्र.ना.नि प्रविण आचार्यको कमाण्डमा खटिएको ट्राफिक टोलिले नरपानीको चुनढुङगा खानी क्षेत्रमा संचालित २० जना टिप्पर चालकहरुलाई सडकमै जम्मा गरी टिप्परहरुमा ढुङगा लोड गर्दा ढाला भन्दा माथि नराख्ने, ओभर स्पिड नचलाउने,ढुङगाहरु राम्रो संग त्रिपालले छोप्ने अन्य सवारी साधनहरुलाई प्राथमिक्ता दिने साथै हिउदको समयमा कुहिरो,हुष्सु,सितलहरको कारण सडक चिप्लो भई हुने सम्भाबित दुर्घटना सम्बन्धि तथा अन्य ट्राफिक नियम सम्बन्धि प्र.ना.नि प्रविण आचार्यले प्रशिक्षण दिनु भएको थियो ।