अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको लाैरीमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धारा कमिटीले विस्तारित बैठक आयोजना गरेको छ ।
सिद्धाराको लाैरीमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धारा कमिटीले मंगलवार विस्तारित बैठक आयोजना गरेको छ ।
वार्ड भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा शितगंगा नगर कमिटी अध्यक्ष बसन्त श्रेष्ठ र विशिष्ट अतिथि जिल्ला कमिटी सदस्य भिम बहादुर केसीले कार्यक्रमलाइ सम्बाेधन गर्नु भएकाे थियाे ।
भेलाले पार्टीका गतिविधिहरुलाई शसक्त बनाउने निर्णय समेत गरेको छ । भेलामा नेकपाका स्थानिय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूकाे उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
वडा भेला तथा प्रशिक्षण कार्यक्रम वडा कमिटि अध्यक्ष पदम केसीकाे अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन चुमान परिवारले गर्नुभएको थियो ।