सितापुरमा शितगंगा कृषि पशु विकास महिला सहकारीकाे तेस्रो बार्षिक साधारण सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा शितगंगा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडकाे तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । 
सितापुरमा शितगंगा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडकाे तेस्रो बार्षिक साधारण सभा संस्थाकी अध्यक्ष बिण्णु अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएको हो । 
साधारण सभामा प्रमुख अतिथि  लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, बिशेष अतिथि शितगंगा नगरपालिकाका प्रमुख सूर्य प्रसाद अधिकारी, अतिथि शिक्षा शाखा अधिकृत नगेन्द्र नेपाल, शितगंगा-२ सितापुरका वडाअध्यक्ष गाेवर्धन थापा, सदस्य सरस्वती क्षेत्री, पार्वतादेवी बि.क.,निमलाल अधिकारी, भान बहादुर क्षेत्री, नव सिर्जनशील युवा क्लवका अध्यक्ष राम बहादुर क्षेत्री, रानीवग्यार झाँक्रे सामुदायिक वनका अध्यक्ष अम्मर प्रसाद न्याैपाने, शुभलक्ष्मी बचत तथा रिण सहकारी संस्थाकी अध्यक्ष विण्णु क्षेत्री, हेफर इन्टरनेशनल संस्थाका अधिकृत राधाकृष्ण शर्मा, केशब भुसाल, केवका चुरा बहादुर बिश्वकर्मा लगायत ३२ वटा समूहका शेयर सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रममा अबकाे याेजना कृषि र पशुपालनमा लगाउनुपर्ने र कृषि र पशुपालनका लागि  प्रदेश सरकारले प्रसस्तै लगानी गर्ने र कृषकलाई प्राेत्साहन स्वरुप अनुदानकाे व्यवस्था गर्ने र आउँदाे १ बर्ष भित्रमा जग्गा व्यवस्थापन गरेमा भबन बनाउनकाे लागि १०-१५ लाख रकम उपलब्ध गराउने सभाषद रामजी प्रसाद घिमिरेजीले बताउनु भयो । 
 

अन्य समाचारहरु