प्रेमनारायण आचार्य / बिष्णु कुमार आले / अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर – १४ सिमलपानीमा आज भएको बस दुर्घट्नामा १३ जना घाइते भएका छन् ।
शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्वरको बस शितगंगा १४ सिमलपानी छेडा बजारदेखी डेढ किलोमिटर माँझ गाउँ नजिकै छन्त्यालरुखमा दुर्घटना भएको हो । ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन् ।
दुर्घटना हुँदा शितगंगा १३ का २१ बर्षिय नेत्र बहादुर बिसी, सोही ठाँउका ६० बर्षिय दिलसरी बिसी, २० बर्षिय निरज बिसी,३८ बर्षिय दधिराम बिसी,२५ बर्षिय बाबुराम बिसी,५७ बर्षिय शेर बहादुर भाटक्षेत्री घाईते भएका छन् । यस्तै शितगंगा १४ बौरीका २० बर्षिय अनिता न्यौपाने र उनको २ बर्षिय छोरी आयुषा न्यौपाने घाईते भएका हुन् । यस्तै दुर्घटनामा परि बाँके जिल्ला राप्तीसोनारी गाँउपालीका ५ का ५५ बर्षिय मनभर थारू ,सोही ठाँउका २१ बर्षिय गोबिन्द प्रसाद भुजुवा,२० बर्षिय संजय चौधरी,३५ बर्षिय टेक बहादुर बुढामगर र २९ बर्षिय जुमन चौधरी घाईते भएको सिमलपानी प्रहरी ईन्चार्ज टेक बहादुर ठाडामगरले बताए ।
ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित हुदा सडकबाट करिव २० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते १३ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल लगिएको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ ।