हलिम खान
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित चुत्राबेसीमा रहेको श्री जनज्योति माध्यमिक बिद्यालयमा सशत्र प्रहरी बल अर्घाखाँचीले माघ २ गते परेको भुकम्प दिवसलाई केन्द्रित पारेर भुकम्प र आगलागी बाट कसरि आफु बच्ने र अरुलाई कसरी बचाउने उपाय बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
करिब ७०-८० बिद्यार्थीहरु सहभागी भएको कार्यक्रममा आगलागी भयो भने कसरि आगोलाई नियन्त्रण गर्ने? , भुकम्प आयो भने कसरि बच्ने भन्ने बिषय लाइ समेट्दै प्रयोगात्मक सहित प्रशिक्षण दिएको थियो ।
नेपाल भरनै सशस्त्र प्रहरी बलले संचालन गर्दै आएको जनचेतनामूलक कार्यक्रम अर्घाखाँचीमा पनि सन्चालन गरिएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रमुख राम कृष्ण महर्जनले बताउनु भएको छ।