खाँचीकोटको चन्द्रप्रभा मावीमा माघ १६ गते टुंगोमा पुग्ने गरि अभिभावक भेला सम्पन्न

केशब घिमिरे 
खाँचिकोट, डिहिडाँडा (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको खाँचीकोटमा रहेको श्री चन्द्रप्रभा माध्यमिक बिधालय डिहिडाँडामा अभिभावक भेलाले बिधालय ब्यबस्थापन समिती गठन गर्न नसकी पुन माघ १६ गते बस्ने गरि सकिएको छ । 
     लामो समय देखि रिक्त रहेको ब्यबस्थापन समिती गठन गर्ने उदेश्यले गरिएको भेलामा आकान्क्षी उम्मेद्बारहरु धेरै भएपछि समिती गठन हुन सकेन । जसरी पनि माघ १६ गते बस्ने भेलाले सके सम्म सर्वसहमतिमा नभए चुनाब गरेरै भए पनि समिती गठन गर्ने जनाइएको छ ।
 बिधालयको प्राङ्गणमा आयोजित भेलाको अध्यक्षता युगलनारायण बस्नेतले गरेका थिए भने प्रमुख अथितिमा वार्ड नम्बर ७ का वार्ड अध्यक्ष पृतम बहादुर थापा , अथितिहरुमा वार्ड न .सातका सम्पुर्ण वार्ड सदस्यहरु , वार्ड नम्बर छ का वार्ड अध्यक्ष कृष्ण बहादुर आचार्य , निबर्तमान बिधालय ब्यबस्थापन समितिका अध्यक्ष पिताम्बर भट्टराई , पुर्व  प्र .अ .पद्मलोचन आचार्य बरिस्ठ शिक्षक गणेश सिंह , अभिभावक डुकलाल पोख्रेल , अर्घाखाँची डटकमका केशब घिमिरे लगायत बुद्दिजिबी समाजसेविहरुको उपस्थिती थियो ।
भेलामा बिधालयका प्र .अ. दिन बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने शिक्षा शाखाका युगलनारायण बस्नेतले भेलाको उदेश्य र कार्यक्रम बारे जानकारी गराएका थिए । १०/११ जना ब्यक्तिहरु ब्यबस्थापन समिती अध्यक्ष बन्न इच्छुक भएपछी माघ १६ गते टुंगोमा पुग्ने भन्दै सकिएको उक्त भेलाको सन्चालन शिक्षक तिर्थराज आचार्यले गरेका थिए ।

अन्य समाचारहरु