अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची, माघ १ गते (अर्घाखाँचीडट्कम) । अर्घाखाँची मल्टीमिडिया प्रा.लिद्वारा सञ्चालीत सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज आज स्थापना भएको तेस्रोे बर्ष पुरा गरि चौथो बर्षमा प्रबेश गरेको छ ।
सन्धिखर्क नगरपालीका २ भक्तिटोलमा रहेको प्रशिद्ध धार्मिक स्थल शिद्वेश्वर शिबालय मन्दिरको काखबाट प्रसारीत यस रेडियोको आजैको दिन अर्थात २०७४ साल माघ १ गते सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक किशोरले एक भब्य कार्यक्रमका बिच शुभारम्भ गर्नु भएको थियो ।
बिहान ५ बजे देखी राती ११ बजे सम्म दैनिक १८ घण्टा सञ्चालनमा रहेको रेडियोले सुचना ज्ञान,मनोरञ्जन र बिभिन्न चेतनामूलक कार्यक्रमहरू उत्पादन गरि प्रसारण गर्दे आईरहेको छ । रेडियोलाई एफएम बेण्डको ८९.८ मेगाहर्ज संगै हाम्रोपात्रो मोवाईल एप्स,लिसनिङ टु माई रेडियो मोवाईल एप्स,सन्धिपोष्ट डटकम र सन्धिखर्क एफएमको फेसबुक एप्सबाटपनि एकैसाथ सुन्न सकिन्छ ।
बार्षिकोत्सबको अबसरमा रेडियोका सम्पुर्ण स्रोता,बिज्ञापनदाता,पाठक,कर्मचारी ,पत्रकार,सहयोगी संघसंस्था र शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गर्दछ । साथै बिभिन्न चुनौतीका बीच पनि सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार तथा निरन्तर सन्तुलित विचार प्रवाहको प्रतिबद्धता व्यक्त गरेको छ । रेडियोप्रतिको तपाईहरूको माया, ममता, स्नेह र सहयोगले आगामि दिनहरुमा रेडियोलाई अझै अघि बढ्न थप प्रेरणा मिल्नेछ, सन्धिखर्क एफएमले भनेको छ ।