अर्घाखाँचीमा विभिन्न डेमो देखाउदै २३ औं भुकम्प सुरक्षा दिवस मनाइयो (भिडियो, फोटो सहित)
माघ २ गते, २०७७ मा प्रकाशित
केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची २ माघ २०७७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्कमा विभिन्न कार्यक्रम गरि २३ औं भुकम्प सुरक्षा दिवस मनाइएको छ ।
जिल्ला बिपद ब्यबस्थापन समिती अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको शान्ति बगैंचामा गरिएको कार्यक्रममा नेपाली सेना र सशस्त्र प्रहरिहरुले दैबी प्रकोपका समयमा उद्धार र दुर्घटनामा भवितव्यं हुन बाट बच्नको लागि विभिन्न तरिकाहरु प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली सेनाले भुकम्पमा परेकाहरुको उद्धार , आगलागी नियन्त्रण र उक्त घटनाका घाइतेहरुको प्राथमिक उपचार सम्बन्धि डेमो प्रदर्शन गरेको थियो ।
यता सशस्त्र प्रहरिबल अर्घाखाँचीले ग्यास तथा पेट्रोलबाट बाट हुन सक्ने आगजनिबाट बच्ने उपाय सम्बन्धी डेमो प्रदर्शन गरेको थियो । बिपदका बेला कम्बल तथा कमिज , पाइन्ट बाट पनि स्टेचर बनाइ बिरामी तथा प्रकोप पिडितलाइ समयमै उद्धार गर्ने कला पनि सशस्त्र प्रहरिले प्रदर्शन गरेको थियो ।
जिल्ला स्तरिय बिपद ब्यबस्थापन समितिका प्रमुख प्र. जि. अ . बिष्णु पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश शभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा जिल्ला रेडक्रस लगायत विभिन्न क्षेत्रका महानुभाबहरुको उपस्थिती थियो । कार्यक्रमको सन्चालन सहायक प्र . जि . अ . बिनोद खनालले गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य राखदै बक्ताहरुले दैबी प्रकोप जानकारी दिएर नआउने भन्दै सधै सचेत रहनुपर्नेमा जोड दिए ।
नेपालमा बिक्रम संबत १९९० सालको महाभुकम्पको सम्झनामा प्रत्येक बर्ष माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिबस मनाइदै आइएको छ ।