ठाडा, नरपानीमा हिमपात, हुस्सु लागेका बेला दुर्घटना न्युनिकरण सम्बन्धी प्रहरीको प्रशिक्षण

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडा, नरपानी, गोरुसिङगे- सन्धिखर्क सडक खण्डमा कुहिरो ,हुस्सु, हिमपात, सितलहरको कारणले सडक चिप्लो भई हुने दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  
सवारी दुर्घटना न्युनिकरण प्रभावकारी ट्राफिक ब्यबस्थापन गरी सवारी चालकहरुलाई सडक संकेत बोर्ड प्रयोग सम्बन्धि प्रशिक्षण कार्यक्रम अन्तरगत आज जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित गोरुसिङगे- सन्धिखर्क पक्कि सडक खण्डमा अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले १ पटकमा २० जना सर्बसाधरण , शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडा स्थित गोरुसिङगे- सन्धिखर्क सडक खण्डमा अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले १ पटकमा चालक १५  जना गरी जम्मा २ पटकमा ३५ जनालाई सडकमै जम्मा गरी सडकमा राखिएका बिभिन्न किसिमका सडक संकेत बोर्ड हरु र ट्राफिक सचेतनामुलक होडिङ बोर्ड हरु को बारेमा प्रशिक्षण ,मौसमको कारणले हुने सवारी दुर्घटना कुहिरो ,हुस्सु, हिमपात, सितलहरको कारणले सडक चिप्लो भई हुने दुर्घटना ,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने साबधानि ,सवारी साधनमा यात्रा गर्दा ध्यान दिनु पर्ने कुराहरु तथा अन्य ट्राफिक सम्बन्धि,महिला हिंसा,यौनजन्य दुर्ब्यवहार सम्बन्धि प्रशिक्षण दिईएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरिएको थियो ।