ढाकवाङ्गमा अखिल छैठौंद्वारा मसाल जुलुस प्रदर्शन (फोटो सहित)

टेक राज भुसाल 
ढाकावाङ, अर्घाखाँची । राष्ट्रिय जनमाेर्चा निकट अनेरास्ववियु (छैठौं)ले संसद विघटनको विरोधमा भुमिकास्थानकाे ढाकावाङ्गमा मसाल जुलुस प्रदर्शन गरेकाे छ। शुक्रबार साँझ ढाकावाङ्ग पिपलनेटा बजारमा उनीहरुले मसाल जुलुश प्रदर्शन गरेका हुन ।
मसाल जुलुसमा सहभागिहरुले असंवैधानिक कदम खारेज गर,  विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, संघियता खारेज गर, अखिल (छैठौं) जिन्दवाद , राष्ट्रिय जनमाेर्चा जिन्दवाद, भारतिय तथा अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।
मसाल जुलुस पछिकाे बिराेध सभालाई सम्वाेधन गर्दै अखिल (छैठौं) का नेता टेकराज भुसालले प्रधानमन्त्री केपी शर्मा वलीले लोकतान्त्रिक पद्धति बिपरित र असंवैधानिक तरीकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाईदा पुर्याउने काम गरेको बताउदै नेता भुसालले बैदेशिक चलखेलले राष्ट्रियता समेत खतरामा परेकाले सबै राष्ट्रबादी शक्ति आन्दोलित हुनु पर्ने बताउदै असंवैधानिक तरिकाले संसद बिघटन गर्नु नेपाली जनताका लागि दुखदायी भएको भन्दै असंवैधानिक कदमलाई पराजित गर्न सबै देशभक्त नेपाली एक हुनुपर्ने बताउनु भयो ।

अन्य समाचारहरु