अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघ ( अनेमसंघ) जिल्ला कार्यालय अर्घाखाँचीको बिस्तारित बैठक सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) कि केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज शुशिला श्रीपाली ठकुरी को प्रमुख आतिथ्यता मा सम्पन्न बैठक मा नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा महिला नेतृ छम कुमारी खनाल चिनारी प्रदेश कमिटी सदस्य तथा महिला नेतृ यमुना भुसाल लगायत को उपस्थिति रहेको थियो ।
बिस्तारित बैठक ले प्रधानमन्त्री केपि शर्मा ओलिको असंबैधानिक कदमको विरुद्ध १५१ सदस्यीय जिल्ला संघर्स समिति को गठन गरेको जस्को संयोजक मा सुनिता बेल्बासे भुसाल र सह संयोजक मा माधवा भुसाल रहनु भएको छ ।
बैठक नेकपा कि नेतृ कमला भन्डारी भुसालको अध्यक्षता मा सम्पन्न भएको थियोे ।