अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटको पोखेडाँडामा प्रतिनिधि सभा विघटनको असम्भैधानिक र अलोकतान्त्रिक कदमाका विरुद्धमा नेपाली कांग्रेस भुमिकास्थान नगर कार्य समितिको आयोजनामा बृहत बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेस जिल्ला कर्य समितिका सचिब बिस्नु भुसाल ले के. पि. शर्मा ओलिको सर्बसत्ताबाद उन्मुख तानासाही प्रवृत्ति भएको सरकारले गरेको संविधान माथिको कु का विरुद्ध नेपाली काङ्ग्रेस सडकमा आएको र हिटलर, तानासाही के. पि. ओलिलाइ सडकबाटै घुडा टेकाउने बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य प्रेमनारायण बेल्बासे, बैकुण्ठ थापा, ज्ञान ब. बि. क., संगीता बेल्बासे, चन्द्रा गैरे, लेखनाथ पान्डे, भुमिकास्थान नगरपालिकाका उपमेयर खडान्नद बेल्बासे,नेपाली काङ्ग्रेस प्रदेश सभा क का सचीव युबराज खनाल, भुमिकास्थान नगरपालिका वडा न ६ का वडा अध्यक्ष झबिलाल बन्जाडे, नेपाल शिक्षक संघ भुमिकास्थानका नगर सभापति काशी राम गैरे, नेपाल महिला संघ भुमिकास्थान नगर सभापति श्रीजना थापा, नेपाली काङ्ग्रेस भुमिकास्थान नगरपालिका वडा न ९ का वडा सभापती उमेश घिमिरे, नेपाल तरुण दल पुर्ब जिल्ला कर्य समिती उपाध्यक्ष तारा घिमिरे लगायतले कार्यक्रममा मन्तव्य राख्दै सर्बसत्ताबादी ओलि सरकारको बिरोध गर्दै संविधान रक्षाका लागि एक जुट भएर लाग्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रम नेपाली काङ्ग्रेस भुमिकास्थान नगर संयोजक खिम प्रसाद श्रेष्ठ को सभापतितब र नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती युबा विद्यार्थी बिभाग सदस्य सुरज रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा पार्टी परित्याग गरि मोतिलाल बि. क. र सुमित्रा सुनारको नेतृत्वमा २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।