सन्धिखर्कमा सिभ करियर इन्स्टिच्युटको हाउस वायरिङ तालिम प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शिक्षा मन्त्रालय अन्तर्गत इभेन्ट परियोजना २ को आर्थिक  सहयोगमा सिभ करियर इन्स्टिच्युटको संयोजनमा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
तीन महिनासम्म चलेको हाउस वायरिङ तालिमको आज एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको हो।
कार्यक्रममा सन्धिखर्क  नगरपालिकाका  शिक्षा प्रमुख युगल बस्यालले आफुले सिकेको सिपलाइ व्यबहारमा लागू गर्नुपर्ने बताउनु भएको छ।प्रमाणपत्र एउटा आधार मात्र भएकाले त्यस्को सहि सदुपयोग गर्न सिकेको सीप लाई काममा परिवर्तन गर्नु पर्ने बताउनु भयो ।यसैगरी कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका वडा नम्बर १का वडा सदस्य लक्ष्मण पराजुलीले सीप मानिसको जिबनको प्रमुख आधर भएको र सिपले नै मानिसलाई दैनिक जीवन सहज बनाउने बताउनु भयो।कार्यक्रममा प्रसिछार्थिको तर्फबाट सुनिता श्रेष्ठले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका शिक्षा प्रमुख युगल बस्यालको प्रमुख आथित्यता स न पा वार् नम्बर १का वडा सदस्य लक्ष्मण पराजुलीको आथित्यता जिभ करियर इन्स्टिच्युट अर्घाखाँचीका संयोजजक नवराज बन्जाडेको अध्यक्षता र सबिता आचार्यको सन्चालनरहेको थियो ।