श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । देउराली यातायात अर्घाखाँची प्रालिको प्रथम साधारण सभा तथा पहिलो अधिवेशन आगामी चैतमा हुने भएको छ । संस्थाको माघ ३ गते सन्धिखर्कमा बसेकोे बैठकले आगामी चैत महिनाको २० र २१ गते प्रथम साधारण सभा तथा पहिलो अधिवेशन सन्धिखर्कमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष योगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
गत बैशाख २५ र २६ गते हुने भनिएको अधिवेशन कोभिड १९ का कारण स्थगित भएको थियो । प्रालिमा गए संगै पहिलो पटक साधारण सभा र अधिवेशन हुन लागेको अध्यक्ष खड्काले बताए ।
२०६१ सालमा स्थापना भई छोटो समयमा शहर देखी गाँउका कुनाकन्दाराहरुमा आफ्नो सेबा बिस्तार गरेको देउराली यातायात अर्घाखाँची प्रालिमा हाल ११४ वटा सवारी जिप, ३५ हाईस गाडी र ४ मिनि बस गरी १ सय ५३ वटा सभारी साधनले सेबा दिई रहेको संस्थाले जनाएको छ ।
कोरोनाका कारण थलापरेको यातायात व्यवसायलाई माथी उठाउन र संस्थाको चौतर्फी बिकासकोलागी यो अधिवेशन निकै महत्वपुर्ण हुने अनुमान गरीएको छ । यद्येपि अधिवेशनको मिति तोकिएपनि अध्यक्ष लगायत अन्य पदका आकांक्षीहरुको भने अहिले सम्म नाम सार्बजनिक भएको छैन । बिगतमा जस्तै सहमति सहकार्य र एकताका साथ संस्था अघि बढ्ने सम्भावनापनी उत्तीकै रहेको छ । यस बारेमा सबै व्यवसायीहरु बसेर छलफल गरी अघि बढ्ने अध्यक्ष खड्काको भनाई छ ।
संस्थाले कोभिड १९ र लकडाउनका कारण मारमा परेका देउराली यातयात अर्घाखाँची प्रालिका गाडी धनि,चालक,सहचालक र कर्मचारीलाई ७० लाख भन्दा धेरै रकम बितरण गरेको थियो भने, जिल्लाका ६ वटै स्थानिय तहहरुलाई कोरोना बिरुद्धको लडाईमा सहयोग पुगोस भन्ने हेतुले ६ लाख रुपैया आर्थिक सहयोग समेत प्रदान गरेको थियो ।