अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा प्रचण्ड-नेपाल समुहको अनेरास्ववियू जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा स्नातक बिबीएस पहिलो र दोस्रो वर्ष भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ।
भेलाबाट रिता थापाको अध्यक्षतामा ४८ सदस्यीय समिति गठन गरिएको हो ।
कार्यक्रमको प्रमुख अथिति अनेरास्ववियू अर्घाखाँची जिल्ला संयाेजक लक्ष्मण खड्काले सरकारले सैध्दान्तिक शिक्षालाई परिवतन गरि व्यावहारिक ,सीपमुलक, प्राविधिक , वैज्ञानिक शिक्षा अहिले आवश्यकता रहेकाे बताउनु भएकाे छ।
बिद्यार्थी आन्दोलनले हरेक कालखण्डमा महत्वपूर्ण भूमिका खेलेको हुनाले यस पालि पनि सरकारले ससद विगठन लाइ पुर्नस्थापना गर्नको लागि आन्दोलन गर्नुको विकल्प नभएकाे बताउनु भएकाे छ । यस्तै अथितिहरु प्रकाश भट्टराई, बाबुराम रसाईली , नबिन रसाईली , सन्ताेष बस्नेत कार्यक्रम अध्यक्षता सन्दिप सुनारले र उक्त कार्यक्रम संचालन अनेरास्ववियू नेता सुदिप खनालले गर्नु भएकाे थियो।