अर्घाखाँचीको मालपोत कार्यालय कोटा प्रणाली हट्यो, सबै पालिकाका सेवाग्राहीले जतिबेला पनि सेवा लिन पाउने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला मालपोत कार्यालय अर्घाखाँचीमा लगाइएको साप्ताहिक कोटा प्रणाली हटाइएको छ । 
६ दिननै  ६ वटै पालिकाका सेवाग्राहीले सेवा लिन पाउने गरी जिल्ला मालपोत कार्यालय अर्घाखाँचीमा लगाइएको साप्ताहिक कोटा प्रणाली हटाइएको हो । 
सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाललेको पहलमा मालपोत कार्यालय अर्घाखाँचीमा लगाइएको साप्ताहिक कोटा प्रणाली अर्थात मालपोत कार्यालय अर्घाखाँचीमा एक हप्तामा दुइदिन मात्रै एउटा पालिकाको सेवाग्राहीले मात्रै सेवा लिन पाउने कोटा प्रणाली हटाउन जिल्ला प्रशासन कार्यालयलाई पेश गरेको अनुरोध पत्रको कार्यान्वय स्वरुप अबदेखि हप्ताको ६ दिननै  ६ वटै पालिकाका सेवाग्राहीले सेवा लिन पाउने भएका छन् ।
फोटो: बसन्त श्रेष्ठबाट