भारतले आजदेखि नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने, नेपालमा खोप भण्डारणको तयारी पुरा

काठमाडौं, माघ ६ गते । भारत सरकारले आज बुधवारदेखि कोभिड १९ विरुद्धको खोप नेपालसहित छ राष्ट्रलाई अनुदानमा दिने तयारी गरेको छ । विभिन्न राष्ट्रले भारत समक्ष औपचारिक रुपमै कोभिड विरुद्धको खोप आपूर्तिका लागि पत्राचार र छलफल गरेपछि भारतको विदेश मन्त्रालयले मंगलबार छ राष्ट्रलाई तात्काल अनुदानमा खोप उपलब्ध गराउन लागेको जानकारी सार्वजनिक गरेको हो । पछिल्लो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गर्दा खोप आपूर्तिका लागि भारतसँग छलफल गर्नुभएको थियो । 
भारतको विदेश मन्त्रालयले कोभिड विरुद्धको खोप पाउने छ राष्ट्रमा भुटान, मल्दिभ्स, बङ्गलादेश, नेपाल, म्यानमार र सेसिलास रहेको जनाएको छ । घरेलु मागलाई ध्यानमा राखेर साझेदार राष्ट्रहरुलाई आगामी साताहरुमा चरणबद्ध रुपमा खोप आपूर्ति गरिने विदेश मन्त्रालयले प्रष्ट्याएको छ ।
घरेलु उत्पादकलाई स्थानीय माग धान्न पर्याप्त सञ्चिति रहेको अवस्थामा मात्र विदेशमा आपूर्ति गरिने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले श्रीलङ्का, अफगानिस्तान र मौरिससको नियामक निकायबाट खोप आपूर्ति गर्ने बाटो खुला गर्ने निर्णय पर्खेको समेत जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा कोभिड विरुद्धको खोप विदेशमा आपूर्ति गर्ने उद्घोष बुधबार गर्न लागेको जानकारी साझा गर्नुभएको छ ।
खोप सम्भवतः भोली  बिहीबारसम्म नै काठमाडौं आइपुग्ने 
भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको कोभिड–१९ विरुद्धको खोप सम्भवतः बिहीबारसम्म नै काठमाडौं आइपुग्ने पक्कापक्की भएको सरकारी उच्च स्रोतले दाबी गरेको छ । भारतले दिन लागेको खोप बारे जानकार उच्च सरकारी स्रोतका अनुसार यसबारे थप जानकारी दिन बुधबार दिउँसो स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।
भारतको औषधी नियामक विभाग(डीसीजीआई)ले यसै महिनाको सुरुवातमा अक्सफोर्डको कोभिड १९ विरुद्धको खोप (कोभिशिल्ड) र भारत बायोटेकको उत्पादन कोभ्याक्सिनलाई आपातकालीन प्रयोगको अनुमति दिएको थियो । आष्ट्राजेनेकाको कोभिशिल्ड खोप विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटले घरेलु स्तरमा उत्पादन गर्दैछ । भारत बायोटेकले भने आफ्नै खोप बनाएको छ । जसलाई कोभ्याक्सिन नाम दिइएको छ ।
भारतमा हालसम्म चार लाख ५४ हजार ४९ जनाले कोभिड विरुद्धको खोपको पहिलो शट लगाइसकेका छन् ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतको पछिल्लो घोषणाबारे औपचारिक जानकारी आइनसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा खोप भण्डारणको तयारी पुरा भइसकेको छ, खोप आएको सात दिनभित्र प्राथमिकता निर्धारण गरेर लगाउने कार्य सुरु हुन्छ ।” गोरखापत्रमा समाचार छ । 
India is deeply honoured to be a long-trusted partner in meeting the healthcare needs of the global community. Supplies of Covid vaccines to several countries will commence tomorrow, and more will follow in the days ahead. #VaccineMaitri

Supply of Indian manufactured vaccines to neighbouring and key partner countries

January 19, 2021

  • The Government of India has received several requests for the supply of Indian manufactured vaccines from neighbouring and key partner countries. In response to these requests, and in keeping with India’s stated commitment to use India’s vaccine production and delivery capacity to help all of humanity fight the Covid pandemic, supplies under grant assistance to Bhutan, Maldives, Bangladesh, Nepal, Myanmar and Seychelles will begin from 20 January 2021. In respect of Sri Lanka, Afghanistan and Mauritius, we are awaiting their confirmation of necessary regulatory clearances.
  • Immunization programme is being implemented in India, as in other countries, in a phased manner to cover the healthcare providers, frontline workers and the most vulnerable. Keeping in view the domestic requirements of the phased rollout, India will continue to supply COVID-19 vaccines to partner countries over the coming weeks and months in a phased manner. It will be ensured that domestic manufacturers will have adequate stocks to meet domestic requirements while supplying abroad.
  • Prior to the delivery of vaccines, a training programme, covering administrative and operational aspects, is being conducted on 19-20 January 2021 for immunization managers, cold chain officers, communication officers and data managers of the recipient countries, both at national and provincial levels.
  • India had earlier supplied hydroxychloroquine, Remdesivir and paracetamol tablets, as well as diagnostic kits, ventilators, masks, gloves and other medical supplies to a large number of countries during the COVID19 pandemic.
  • India has also provided training to several neighbouring countries to enhance and strengthen their clinical capabilities, under the Partnerships for Accelerating Clinical Trials (PACT) programme. Separately, several training courses have been organized for healthcare workers and administrators of partner countries under the Indian Technical and Economic Cooperation (ITEC) programme, sharing our experience in dealing with the pandemic.
  • In an ongoing effort, India will continue to supply countries all over the world with vaccines. This will be calibrated against domestic requirements and international demand and obligations, including under GAVI’s Covax facility to developing countries.

New Delhi
January 19, 2021