अर्घाखाँचीबाट ओली पक्षको केन्द्रीय सदस्यमा रामजी घिमिरेलाई नहटाइएको चेतनारायण आचार्यको दावी

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो समूहका अर्घाखाँची जिल्लाबाट मनोनयन गरेका  केन्द्रीय सदस्य मध्ये प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे लगायत ३ जनाको नाम नहटाइएको  अध्यक्ष चेतनारायण आचार्यले बताएका छन् । 
प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे लगायत ३ जनाको नाम केन्द्रिय सदस्यको लिस्टबाट नहटाइएको अध्यक्ष चेतनारायण आचार्यले बताएका हुन् । उनले नाम नभएको भनेर कुप्रचार गरिएको मात्र बताए । 
पत्रकार प्रेम नारायण आचार्यले लेखेको समाचार अनुसार  निर्वाचन आयोगमा पठाएको लिस्टमा अर्घाखाँचीका चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, नरेन्द्र क्षेत्री, रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल, भोजबहादुर शाह, विजुला रायमाझी, जाल्पा भुसाल र लक्ष्मण रायमाझीको नाम रहेको दावी गरे । 
नाम नै छैन भनेर नेकपाका कार्यकर्ता भड्काउनका लागि सामाजिक सञ्जालहरुमा कु प्रचार गरिएको अध्यक्ष आचार्यको भनाई छ । 
तर निर्वाचन आयोगमा पठाएको केन्द्रिय सदस्यको लिस्टमा नेताहरु रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल र भोजबहादुर शाहको नाम रहेको छैन् ।
 
उता नाम नरहेको विषयमा जानकारी लिन खोज्दा नेता रामजी प्रसाद घिमिरेले यो विषयमा आफुलै कुनै चासो नराखेको बताउनु भएको छ । जनताको माझबाट राजनिति गरेर आएकोलाई नाम हुँदै र नहुदैमा कुनै फरक नपर्ने नेता घिमिरेको भनाई छ ।
अपुष्ट दावी 
प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे लगायत ३ जनाको नाम नहटाइएको  अध्यक्ष चेतनारायण आचार्यले बताएपनि प्रमाण भने पुष्टि गरेका छैनन् । निर्वाचन आयोगमा पठाएको लिस्टमा नेताहरु रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल र भोजबहादुर शाहको नाम रहेको छैन् । 
ओली पक्षको नेकपाले अर्घाखाँची जिल्लाबाट मनोनयन गरेका मध्ये निर्वाचन आयोगमा पठाएको केन्द्रीय सदस्यहरुको लिष्टमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, भोजबहादुर शाह र डिल्लीराज घिमिरेको नाम हटाइएको हो ।
गत  पौष ७ गते मंगलवार ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा अर्घाखाँचीबाट ८ जना केन्द्रीय सदस्य थपिएका थपिएका थिए । जसमा थपिएका केन्द्रीय सदस्यमा चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका थिए । 
ओलीले पौष ७ गते मंगलबार बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका थिए। यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।
निर्वाचन आयोगमा पठाएको  केन्द्रीय सदस्यहरुको लिष्ट सार्वजनिक भएका मध्ये रामजी घिमिरे, भोजबहादुर शाह र डिल्लीराज घिमिरेको नाम नभएपछि पुन: पठाउने, सच्चाउने, थप्ने बारेमा उर्जा मन्त्री टोप बहादुर रायमाझीसँग छलफल चलिरहेको स्रोतले अर्घाखाँचीडट्कमलाई बतायो । 
प्रदेश सभा सदस्य रामजी घिमिरेको नाम  निर्वाचन आयोगमा पठाएको केन्द्रीय सदस्यहरुको लिष्टमा नभएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि  गराइएको छ । साथै रामजी घिमिरेको मात्र नभएर अन्य जिल्लाबाट केन्द्रीय सदस्यमा मनोनयन गरेका कयौको नाम छुटेको बताइएको छ ।