अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को वार्ड कार्यालय बन्द गरिएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का जनप्रतिनिधी, कर्मचारीहरुलाई कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको भन्दै आज माघ ७ गतेदेखी १२ गतेसम्म वार्ड कार्यालय बन्द गरिएको हो ।
साथै उनिहरुको पिसिआर चेक गराउन पठाइएको छ ।
उता नगरपालिका प्रमुख कमल प्रसाद भुसालसहित कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि नगरपालिकाको कार्यालयका सेवा एक हप्ताको लागि बन्द भएको छ ।
नगरपालिका कार्यालय आज माघ ६ गते मंगलबारदेखि माघ १२ गतेसम्म बन्द हुनेछ ।
स्वास्थमा सामान्य समस्या देखापरेपछि पिसिआर चेक गराउदा नगरपालिका प्रमुख कमल प्रसाद भुसाललाई मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै यहाँका सबै जनप्रतिनिधी र कर्मचारीहरुको पि .सि .आर परिक्षणका लागि नमुना संकलन गरी भैरहवा पठाइएकोमा केही कर्मचारीको आज कोरोना रिपोर्ट पोजेटिम आएको छ । भुसालको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
यस्तै यहाँका सामुदायिक विधालयहरु पनि माघ ४ गतेदेखि ९ गतेसम्म बिदा दिईएको छ ।
नगर कार्यालयबाट संचालन हुँदै आइरहेका सबै प्रकारका सेवाहरू एक हप्ता सम्मकाे लागि बन्द रहने नगरपालिकाले डट्कमलाई जानकारी दियो ।
स्वास्थमा सामान्य समस्या देखापरेपछि पिसिआर चेक गराउदा नगरपालिका प्रमुख कमल प्रसाद भुसाललाई मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
सन्धिखर्क नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणमा केही कमी आएको देखिन्छ ।