जुकेना बजारमा अनुगमन, अधिकांश पसलहरु विना दर्ता संचालनमा

झनक केसी / अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका वार्ड नं. ५ र ६ जुकेना  बजारमा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

जुकेना बजारमा संयोजक नगेन्द्र नेपालको नेतृत्वमा रहेको अनुगमन टोलीले स्थानिय बजारका किराना पसल, होटल, इलेक्टोनिक फेन्सी पसल, मदिरा पसल, मेडिकल सुनचाँदी पसल,भाडा पसल आदि अनुगमन गरेको हो ।
अनुगमन अधिकांश पसलहरु दर्ता नगरेको भेटिएका छन् ।  केही पसलहरु अनुगमन आएको थाहा पापछि बन्द गरिएको देखिएका छन् ।  त्यस्ता पसललाई कुनै बेला छडके चेकमा जरिमाना काटेर पसल बन्द गराउने समेत नगरपालिकाले निर्णय गरेको छ। अनुगमनमा मूल्यसुची नराखेको साइनबोर्ड नभएका समेत फेला परेको थियो ।
उक्त अनुगमनमा भेटिएको समान ५ हजार मूल्य बराबरको अखाद्य बस्तु जफत गरि नस्ट गरिएको छ। उपभोग्य मिति समाप्त भएका मसला, नमकिन जुस तथा पेय पदार्थ बेसन चिजबलका आइटमहरु जफत गरि वाड न ५ र ६ का वाड अध्यक्षहरु ऋषि रेस्मी, कमल पौडेल, लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, सरोकारवाला स्थानिय बासिन्दाहरुको रोहबरमा मिति गुज्रिएको समान जलाएर नस्ट गरेको छ ।
अनुगमनमा समिति सदस्य उद्योग बाणिज्य संघ, नेपाल प्रहरी इप्रका ठाडाका प्रमुख बाबुराम बस्नेतको टोलि, पत्रकार, स्वास्थकर्मीको सहभागी रहेको थियो । समितिले नगरपालिकाका अन्य बजारपनि अनुगमन गर्ने बताएको छ।

अन्य समाचारहरु