चुत्राबेसीको अर्घाखाँची शिक्षा क्याम्पसमा प्रचण्ड-नेपाल पक्ष अनेरास्ववियुको भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता  
       
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको जिल्लाको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा रहेको अर्घाखाँची शिक्षा क्याम्पस वेलवाटिकामा प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियु जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
भेलाले विशाल कडेलको अध्यक्षतामा ६० सदस्य समिति गठन गरेको छ । जसमा अध्यक्ष विशाल कडेल, उपाध्यक्ष : अनिल भुसाल, मदन घिमिरे सचिव : युवति वस्याल सहसचिव : जुना सुनार, आशा घिमिरे कोषाध्यक्ष : सुदन चौहान तथा अन्य सदस्य हरु रहनुभएको छ ।
कार्यक्रम अनेरास्ववियु केन्द्रीय सचिव नारायण खनालको प्रमुख अथित्यतमा कार्यक्रम सञ्चालन भएको छ उहाले देशको प्रस्थिती देशमा संसदन विघटन हुनु असंवैधानिक भएको बताउनुभएको छ ।
 
यस्तै कार्यक्रममा अनेरास्ववियु  जिल्ला संयोजक लक्षमण खड्का ले विद्यार्थी आन्दोलन हरेक कालखण्ड मा महत्त्वपूर्ण भुमिका खेलेको हुनाले बताउनुभएको छ। उहाँले अनेरास्ववियु विद्यार्थी काे हक र हितका लागि सधै महत्त्वपूर्ण भुमिका खेलेको समेत बताउनुभएको छ । 
 
यस्तै कार्यक्रममा बाबुराम रसाइली नवीन रसाइली मनिसा जिसि निर्मला राना मगर हिरा बञ्जाडे सन्तोष बस्नेत सुदिप खनाल प्रकाश भट्टराई सन्दिप सुनार लगायत को उपस्थिति रहेको थियोे ।
त्यस्तै उक्त कार्यक्रम सन्दिप सुनारको अध्यक्षयतामा  भएको हो। उक्त कार्यक्रम सञ्चालन अनेरास्ववियु नेता सुदिप खनालले गर्नुभएको थियोे ।