अर्घाखाँचीडट्कम संवाददाता
खाँची मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको खाँची मैदान नजिक पर्ने कर्चापेका एक युवाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
खाँचीकोटको खाँची मैदान नजिक पर्ने कर्चापेका ४६ वर्षिय धुर्व के.सीको कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक कोरोना अस्पताल धागो कारखाना बुटवल रुपन्देहीमा उपचारको क्रममा निधन भएको हो ।
के.सीको स्वास्थ्यमा समस्या आएपछि बुटवलमा उपचारका लागि लगिएको थियो । पछि उनलाई कोरोना लागेको पुष्टी भएको थियो ।
साथै यो सँगै अर्घाखाँची जिल्लामा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १४ पुगेको छ ।
यस्तै लुम्बिनी प्रदेशका अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा आजको ५ दिन अर्थात आगामी आईतबार वा बढीमा सोमबारसम्म कोरोना खोप आइपुग्ने भएको छ ।