झनक के.सी / अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका सबै १४ वटा वार्डमा नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ ।
शितगंगा नगरपालिकाका सबै १४ वटा वार्डमा नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको हो ।
शितगंगा नगरपालिकाका विभिन्न ठाउँमा आयोजना गरिएका सभामा नेकपा छोडी कांग्रेसमा प्रवेश गरेका छन् । शितगंगाा ११ मौबावारीको विरोध सभामा नेकपा परित्याग गरी ३४ जना काँग्रेसमा प्रवेश गरेका छन् ।
शितगंगा नगरपालिकामा आयोजना गरिएका सभामा स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।
यस्तै शितगङ्गा नगरपालिका वाड न २ सितापुरमा सरकार बिरुद्ध बिरोध प्रदशन गरेको छ । कार्यक्रममा अध्यक्षता नेपालि काङ्ग्रेस वडाकमिटी उपसभापति यदु प्रसाद कास्यप, प्रमुख अतिथी नेपालि काङ्ग्रेस सन्धिखर्क नगरपालिका सभापती बिनोद आचार्य बिशिस्ट अतिथी नेपालि काङ्ग्रेस गाउँ कार्य समितिका पुर्व सभापति रामराज घिमिरे,नेपाली काङ्ग्रेस नगर शिक्षा समितिका सभापति राजेन्द्र केसि,लगाएत विभिन्न टोल कमिटिका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संचालक सागर पौडेलले बताउनु भएको थियो।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस गाउकार्य समितिका पुर्ब सभापती घिमिरेले हामी ढुक्क भएर बस्नु हुदैन हामी अब तयारी अबस्थामा बस्नु पर्ने बताउनु भएको थियो.तेस्तै नेपाली काङ्ग्रेस नगर शिक्षा समिती सभापती केसिले शीतलहरको समस्याले विभिन्न टोलबाट कार्यकर्ता नआएता पनी हाम्रो टिम भित्रैबाट लाग्नु पर्ने बताउनु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका सभापती आचार्यले ओलि सरकारले उडन्ते कुरा सुनेर रमाइलो त लाग्यो। हास्य पात्रले यसरी दुख गरेर ल्याएको संविधानलाई धरापमा राखेर जनतालाई पिडित बनाएको असंबैधानिक कदमले सिङ्गो देशनै धरापमा पार्ने रणनीतिक भएको बताउनु भएको थियो।