अर्घाखाँचीमा चन्द्रबहादुर खड्का प्रचण्ड-नेपाल समुहमा नजाने | भन्छन्- डिप्रेसन भएको छैन्

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले आफु प्रचण्ड-नेपाल समुहमा नजाने बताएका छन् ।
ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा पठाएको केन्द्रिय सदस्यको लिस्टमा चौथो नम्बरमा नाम परेको र पार्टी विभाजनपछि अन्य नेताहरुको तुलनामा मौन रहेका भन्दै चन्द्रबहादुर खड्का प्रचण्ड-नेपाल समुहमा जाने चर्चा चलेको थियो । लिस्टमा अर्घाखाँचीबाट पहिलो चेतनारायण आचार्य, दोस्रो विजुला रायमाझी, तेस्रो लक्ष्मण रायमाझी, चौथो चन्द्रबहादुर खड्का, पाँचौ जाल्पा भुसाल र छैठौ  नरेन्द्र क्षेत्री रहेको छ । भने प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल र भोजबहादुर शाहको नाम हटाइएको छ ।
साथै प्रचण्ड-नेपाल पक्षका जिल्ला नेताहरुले पुर्ब एमाले जिल्ला सचिब राम बहादुर चौहान लगायत फर्केपछि चन्द्रबहादुर खड्का पनि आफ्नो समुहमा आउने दावी गरेका थिए । साथै केन्द्रसम्म छलफल भईरहेको दावी गरेका थिए ।
तर नेता चन्द्रबहादुर खड्काले आफ्ना विषयमा भ्रमको खेती गर्ने व्यक्तिका पछि नलाग्न आम कार्यकर्तालाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै खडकाले आफूले लिएको निर्णयमा पश्चताप नरहेको भन्दै स्वाभिमान नगुमाएको बताएका छन् । आफू षडयन्त्र र छलछाममा नलाग्ने भन्दै उनले कर्तव्यबोधबाट कहिल्यै च्युत नहुने स्पष्ट पारेका छन् ।
‘व्यक्तिगत स्वार्थमा कहिल्यै लोभिएको छैन, अवसरको पछाडि कहिल्यै दैडिएको छैन’ उनले लेखेका छन्, ‘तर केहि खुरापातहरुले उज्ज्वललाई मन्त्री नदिएर, ४ नम्बरको केन्द्रीय सदस्यमा राखेको कारण डिप्रेसन भएको छरे, फर्कने मन बनाएको छरे ।’ खड्काले अनावश्यक प्रचार गर्नेलाई नै कतै डिप्रेसन त भएन रु भनि प्रश्न गरेका छन् ।
उनले कुप्रचार गर्नेको स्वास्थ्यमा ध्यान पुर्याउन आफन्तलाई आग्रह समेत गरेका छन् । ‘अन्त्यमा म जहाँ छु, ठिक छु र खुसी छु’ उनले लेखेका छन्, ‘उसको बारेमा धेरै चिन्ता लिनु पर्दैन अरे भनेर सुनाई दिन पनि अनुरोध गर्दछु ।’ सांसद खड्का पूर्व माओवादी खेमाबाट केपि ओली समूहमा समाहित नेता हुन् ।
निस्वार्थी र स्वच्छ छवीका त्यागी नेता खडकालाई पद नपाएर निराश बनेको भनेर कुप्रचार गरिनुका पछाडी कुनै सत्यता नभएको नेकपा अर्घाखाँचीका अध्यक्ष तथा प्रदेश सांसद चेतनारायण आचार्यले बताए ।
यो पनि हेर्नुस्:-