अर्घाखाँचीमा अखाद्य वस्तु बिक्रि गर्ने व्यापारीविरुद्ध मुद्दा चलाऊन माग | प्रहरी प्रशासन जरिमाना मात्र तिराएर छोडदै
माघ १० गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अखाद्य वस्तु बिक्रि गर्ने व्यापारीविरुद्ध मुद्दा नचलाइएको भन्दै सेवाग्राहीहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, प्रहरी, जिल्ला प्रशासन कार्यालयले बेला बेलामा सदरमुकाम सन्धिखर्क, चुत्राबेसी, फुदवाङ, नरपानी, ठाडा, जुकेना लगायत जिल्लाभर अखाद्य वस्तु बिक्रि गरेको पाइएपनि उनीहरुविरुद्ध मुद्दा चलाइएको छैन् ।
उपभोक्ताको स्वास्थ्यमा असर पार्ने खालका खाद्यसामग्री बिक्री गरेको फेला पारेपनि उनीहरूविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय अर्घाखाँचीले मुद्दा दर्ता गरेको देखिदैन।
महिनौपिच्छे स्थानिय बजारका किराना पसल, होटल, इलेक्टोनिक फेन्सी पसल, मदिरा पसल, मेडिकल सुनचाँदी पसल,भाडा पसल आदि अनुगमन गरेको देखिन्छ । अनुगमनमा अखाद्य वस्तु बिक्रिका साथै अधिकांश पसलहरु दर्ता नगरेको, अनुगमनमा मूल्यसुची नराखेको साइनबोर्ड नभएका भेटिन्छन् । अखाद्य बस्तु जफत गरि नस्ट गरिन्छ तर उनिहरुलाई मुद्दा चलाउनु पर्नेमा जरिमाना मात्र तिराएर छोड्ने गरिदै आएको छ ।
उता अखाद्य पदार्थ बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद वा ५० हजार रूपैयां सम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।