अर्घाखाँचीमा प्रचण्ड-नेपाल पक्षको नेकपाद्धारा ३ स्थानीय तहमा एकै साथ बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) अर्घाखाँची ले जिल्ला का ३ स्थानीय तह मा एकै साथ बैठक सम्पन्न गरेको छ।
       जिल्ला को सन्धिखर्क नगर कमिटी ले आयोजना गरेको बिस्तारित बैठक मा केन्द्रिय सदस्य शुशिला श्रीपालिको  प्रमुख आतिथ्यता रहेको बैठक को संचालन बालकृष्ण आचार्य ले गरेका थिए भने बैठक को अध्यक्षता पार्टी कार्यलय सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसालले गरेको बैठक मा प्रदेश कमिटी का सचिवालय सदस्य तथा जिल्ला  सेकेटरी ठाकुर कुमार बिक प्रदेश कमिटी सदस्य यमुना भुसाल जिल्ला कमिटी सदस्य तथा जिल्ला संघष समिति का संयोजक राम बहादुर चौहान  जिल्ला कमिटीका सदस्य हरु  शरोज भुसाल ,  भेष बहादुर केसि, डिलारम पाण्डे , कृष्णहरि भुसाल माधब खनाल , सुमित्रा मुखिया , तुल्सी अधिकारी , शारदा खनाल, बिष्णु ढुंगाना सिद्धि भुसाल  सल्लाहकार सदस्य देब बहादुर रायमाझी  ले बैठक मा प्रशिक्षण मुलक मन्तव्य राखेका थिए  भने नगरका १२ वटै वडा बाट रिपोर्ट समेत राखिएको थियो ।
   साथै बैठक ले स्थानीय स्तरमा बाटै संघष का कार्यक्रम संचालन, जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम संचालन गर्दै प्रतिगमन का विरुद्ध माघ १५ गते बुटवल मा हुने बिरोध सभा तथा माघ १७ गतेको जिल्ला स्तरीय कार्यकता प्रशिक्षण लाई  प्रभाबकारी बनाउने निणय गरेको छ।
    त्यसैगरी भुमिकास्थान नगरकमिटी को बैठक पनि सम्पन्न भएको छ पार्टी प्रदेश कमिटी कि सदस्य छम कुमारी खनाल चिनारी  को प्रमुख आतिथ्यता म सम्पन्न भएको बैठक को अध्यक्षता ठाकुर सौराग आदर्श  ले गरेका थिए भने संचालन हृदय भुसाल ले गरेको कार्यक्रम मा नेकपा जिल्ला कमिटी सदस्य हरु सुनिता बेल्बासे , शुभाष चन्द्र बन्जाडे नरेन्द्र मान मुखिया सर्मिला पोख्रेल लगायत को उपस्थिति रहेको थियो ।
     बैठक ले प्रधानमन्त्री केपि शर्मा ओलि चालेको  प्रतिगमन का विरुद्ध २५१ सदस्यीय संघष समिति को समेत गठन गरेको छ जस्को संयोजक मा हृदय भुसाल र सहसंयोजक मा बाबुराम खनाल रहेका छ्न।
        त्यस्तै मालारानी गाउँ पालिका कार्यलय को बैठक पनि  सम्पन्न भएको छ ।बैठक ले प्रतिगमन का विरुद्ध यहि माध १५ गते लुम्बिनी प्रदेश को बिरोध सभाको तयारी तथा  माघ १७ गते जिल्ला मा हुन लागेको कार्यकता प्रशिक्षण को तयारी पुरा गरिएको पालिका कमिटी का सचीव शिबलाल कुवर ले बताएका छन।