अर्घाखाँचीका पत्रकार नविन के.सीको स्वास्थ्य अवस्था गम्भिर, पत्रकार महासंघद्धारा सहयाेग गर्न अपिल

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघले निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भई काठमाडौंमा उपचार गराइरहेका पत्रकार नविन के.सीलाई सहयाेग गर्न अपिल गरेको छ । 
निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भई काठमाडौंको हेम्स अस्पतालमा उपचार गराइरहेका पत्रकार नविन के.सीलाई सहयाेग गर्न नेपाल पत्रकार महासंघ अर्घाखाँचीले अपिल गरेको हो ।
निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भएका के.सीको लुम्बिनी प्रादेशिक अस्पतालमा कुनै सुधार नभएपछि गत शुक्रबार काठमाडौंको हेम्स अस्पतालमा लगिएको थियो । के.सीलाई भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको छ । तर पत्रकार महासंघका अनुसार उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन् । 
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले के.सीको सिघ्र स्वास्थ्य लाभकाे कामना सहित, थप उपचारकाे लागि सहयाेग प्रदान गर्नु हुन सबैमा अनुराेध गरेको छ ।
पत्रकार नविन के.सी रेडियो मालारानीका स्टेशन म्यानेजर हुन् । जिल्लामा के.सीले पत्रकारिताको क्षेत्रमा ठुलो योगदान गरेका छन् ।