पाणिनी पर्यटन समाजलाई मैदानका घिमिरेद्धारा छोराको जन्म दिनमा जग्गा दान

डिआरजी सुमन 
लुधियाना । (अर्घाखाँची डटकम् व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ५ मैदान रेष्मी टाकुरा निवासी वावुराम घिमिरे ले डिआरजी सुमनफ़ैन्स कल्व मार्फ़त पाणिनी पर्यटन समाज अर्घाखाँचीको कार्यालय भवनको लागी दुर्गाफाँटमा आवश्यक पर्ने जग्गा उपलव्ध गराउने घोषणा गर्नु भएको छ ।
 २१ वर्ष देखी भारत को पंजाव राज्य अन्तर्गतको लुधियाना लाई कर्मस्थलवनाउनु भएका वावुराम घिमिरे हाल न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्सका एमडी हुनुहुन्छ । मानवीय सेवा र पर्यटकीय गन्तव्य खोजीको लागीक्रियाशीलता जनाएको पाणिनी पर्यटन समाज अर्घाखाँची द्धारा एम्बुलेंससंचालन को लागी खेलिएको भैलोमा समेत आर्थिक सहयोग गर्नु भएको थियो । 
भारतमा वावुराम घिमिरे सहित श्रीमती मिना घिमिरे,छोरा चेतनारायणघिमिरे,रेणुकान्त घिमिरे हाल पंजावमा रहदै आउनु भएको छ । डिआरजी सुमनफ़ैन्स कल्व मार्फ़त सामाजिक कार्यमा सहयोगी वन्ने उद्देश्य लिएर छोरारेणुकान्त घिमिरे को आठौ जन्मदिनको अवसरमा लुधियानाको एक वाल आश्रमवाल वालिकालाई खाना खुवाउन पुगेका घिमिरेले पाणिनी पर्यटन समाजअर्घाखाँचीको स्वतन्त्र पत्रकार अर्घाखाँची डटकम् व्युरो प्रमुख तथा पाणिनीपर्यटन समाज अर्घाखाँची का प्रवक्ता समेत रहेका डिआरजी सुमन को कल्व मार्फ़त आवश्यक भूमिदान गर्ने घोषणा गरेका छन । 
तस्वीर डिआरजीसुमन/अर्घाखाँची डटकम् ।
 

अन्य समाचारहरु