अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अर्घाखाँची- काठमाडौं सम्पर्क मञ्चकाे विस्तारित बैठक सम्पन्न भएकाे छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू लक्ष्मण रायमाझी, भाेजबहादुर शाह, मञ्चका इन्चार्ज तथा लुम्बिनी प्रदेश सम्पर्क कमिटीका सदस्य डा ढुण्डी भट्टराई, प्रदेश सदस्यहरू विष्णु आचार्य, सुमन्त पाैडेल, नारायण सन्ताेषी, उर्जा मन्त्रीका प्रमुख स्वकिय सचिव लिला जिसी, अनेरास्ववियुका पूर्व केन्द्रीय कार्यालय सचिव हरि नेपाली, अनेरास्ववियुका केन्द्रीय सदस्य नविन पन्थी, राजेश घिमिरे, लगायतकाे आतिथ्यता थियाे ।
मञ्चका सचिव विशाल मिश्रकाे अध्यक्षता, ऋषि भुसालकाे स्वागत मन्तव्य र गिरी पन्थीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
प्रमुख अतिथि रिजालले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण मुलक मन्तव्य राख्नुभयाे । बैठकमा पालिका प्रमुखहरूले रिपोर्टिङ समेत गरेका थिए ।