सिमलपानीको करेचुलीमा ओली पक्ष नेकपाको भेला सम्पन्न

२०७७ माघ ११, आइतवारमा प्रकासित
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा शितगंगा नगरपालिका वार्ड नं.१४ सिमलपानीको करेचुलीमा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भेला तथा छलफल कार्यक्रम सम्पन्न  भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरेले सुशासन ,बिकास र समृद्धिको निम्ति निर्वाचनको बिकल्प नभएको बताउनुभयो । उहाँले प्रचण्ड , माधव समुहले पार्टी बिभाजन गरेर गम्भीर गल्ती गरेको बताउँदै, केही समय पछि पछुतो मान्दै पार्टीमा फर्कने बताउनु भयो । प्रदेश सभाका सदस्य समेत रहनुभएका उहाँले आफुहरु निर्वाचित भएर आएपछि जिल्लाको बिकास निर्माणले गति लिएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जिबनारायण कोईरालाले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रभाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा भएको बताउनुभयो । उहाँले जिल्लामा पार्टी बिभाजनको खासै असर नपरेको भन्दै आसन्न निर्वाचनमा नेकपाले भारी मतका साथ बिजय हासिल गर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा शीतगंगा नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठले प्रचण्ड र माधब समूह पदलोलुप र स्वार्थीहरुको झुन्ड भएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभयो ।
कार्यक्रम स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु