निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन, पहिलेकै पार्टी यथावत रहने निर्णय

काठमाडौँ- निर्वाचन आयोगले नेकपा दाहाल – नेपाल समूहले गरेका निर्णयहरु अवैधानिक ठहर गरेको छ।
सोमबार बसेको आयोगको पदाधिकारी बैठकले नेकपाको विधानविपरीत दाहाल-नेपाल समूहको पदाधिकारी फेरबदल गर्ने निर्णय अवैधानिक ठहर गर्दै त्यसलाई नमान्ने निर्णय गरेको हो।
आयोगमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार आयोगले नेकपा पहिलेकै पार्टी यथावत रहेने निर्णय गरेको हो।
उनले भने, ‘नेकपा फुटबाट जोगिएको छ।अब नयाँ प्रक्रिया अघि बढ्छ।’
यसका साथै आयोगले थप प्रक्रिया अपनाउन सोमबार दुबै समूहलाई पत्र पठाउने छ।
दाहाल- नेपाल समूहले यसअघि केपी ओलीलाई अध्यक्षबाट हटाएको थियो भने आइतबार साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ।
यस्तै केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष माधव नेपाललाई ल्याइएको थियो। देशसन्चारमा समाचार छ ।