शितगंगा नगरपालिकाले अब राजनीतिक दलका कार्यक्रममा जाने शिक्षकलाई कारबाही गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले राजनीतिक दलका कार्यक्रममा जाने शिक्षकलाई कारबाही गर्ने भएको छ । 
शितगंगा नगरपालिकाको शिक्षा शाखाले सोमबार नगरका विधालयहरुलाई पत्र लेखी अब राजनीतिक दलका कार्यक्रममा जाने शिक्षकलाई कारबाही गर्ने बताएको हो । 
गत माघ ८ गते विहीवार वार्ड नम्बर १० सिद्धाराकाे शुबाेधिनी माबिका निमित्त प्रअ दुर्गा बेल्बासेले हाजिर लगाएर नेपाली कांग्रेसले आयोजना गरेको सभामा पुगेका थिए । उनको चौतर्फी आलोचना भएको हो । 
बाँयाबाट दोस्रो शिक्षक दुर्गा बेल्बासे । 
यस्तै गत पौष २४ गते शुक्रवार ठाडामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शितगंगा नगरपालिका कमिटीले आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गौरा मावि ठाडाका सामाजिक शिक्षक मेघ बहादुर जिसी सहभागी भएपछि विवादमा तानिएका थिए ।
 शिक्षक मेघ बहादुर जिसी
शितगंगा नगरपालिकामा शिक्षकहरुलाई नियन्त्रण  गर्ने नगरपालिकाकाे शिक्षा शाखामा पार्टीका शिक्षक भर्ना भएदेखि शिक्षकहरुले खुलयाम पार्टीका गतिबिधीमा समाबेस हुँदा पनि नगरपालिकाकाे शिक्षा शाखा निरीह बनेकाे भन्दै आलोचना भएको थियो । 

अन्य समाचारहरु