चुत्राबेसीको शिद्धेश्वर शिवालय मन्दिरका पाणिनी वेद विद्याश्रमका वटुकलाई खाद्य सामाग्री सहयोग

श्याम घिमिरे
चुत्राबेसी, अर्घाखाँची माघ १२ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका २ चुत्राबेसीमा रहेको शिद्धेश्वर शिवालय मन्दिरमा आवाशीय रुपमा बस्दै आइरहेका पाणिनी वेद विद्याश्रमका वटुकलाई तथागत स्वामीले खाद्य सामाग्री सहयोग गर्नुभएको छ । स्वामीले सहयोग गरेको खाद्यसामाग्री सोमबार बिहान एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको हो ।
ç
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडानं.४ भैरहवा हिमाली पथ निवासी स्वामी तथागतले आश्रममा अध्ययनरत वटुक र सिद्धेश्वर शिवालय मन्दिरमा आवाशीय रुपमा बस्दै आएका मन्दिरका पुजारी लगायत अन्य कर्मचारीलाई दैनिक भोजनको लागि खाद्य सामाग्री सहयोग गर्नु भएको हो ।
बिभिन्न सामाजीक क्षेत्रमा कामगर्दे आईरहनुभएका सामाजीक व्यक्तित्व एवं सहयोगी मनका धनि स्वामी तथागतले दैनिक भोजनको लागी आबश्यक पर्ने चामल, आटा , तोरीको तेल चना, चनाको दाल, चिउरा र चिनि गरी रु १ लाख ७१ हजार मुल्य बराबरको खाद्य सामाग्री सहयोग गर्नु भएको शिद्धेश्वर शिवालय सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।
कक्षा ९ सम्म संस्कृत बिषय पढाई भईरहेको पाणिनि वेद विद्याश्रममा अहिले ३० जना बिद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक भेषराज चुदाँलीले बताउनुभयो । बिद्यार्थी संगै बिहान साँझ गरि दैनिक झण्डै ८० जनाले भोजन गर्ने मन्दीरका पुजारी सुमन्त पोख्रेलले जानकारी दिनुभयो ।
यसैबिच शिद्धेश्वर शिवालय सञ्चालक समितिले खाद्य सामाग्री सहयोग गर्ने तथागत स्वामीलाई धन्यबाद ज्ञापन गरेको छ । समितिका अध्यक्ष नारायण प्रसाद खनालले पबित्र कार्यमा मनैदेखी सहयोग गर्ने तथागत स्वामी लगायत सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक आभार सहित धन्यबात प्रकट गर्नु भएको छ । खनालले सहयोग गर्न चाहाने अन्य संघसंस्थाा तथा महानुभावहरुलाई सहयोगगर्न अपिल समेत गर्नुभएको छ ।
सहयोग गरीएको खाद्य समाग्रीको विवरण :
चामल : २० क्विन्टल
चक्की आटा : ५० केजी
चना : १ क्विन्टल
चनाको दाल : ३ क्विन्टल
तोरी तेल : १०० लिटर
चिनि : ५० केजी
चिउरा : १ क्विन्टल