प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १२ माघ – नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेसले सञ्चालन गरेका आन्दोलनका कार्यक्रमको समीक्षा र आगामी रणनिति तय गर्न हिजो देखि विपि स्मृति भवन सन्धिखर्कमा शुरु भएको बैठक आज सम्पन्न भएको हो ।
बैठकमा सरकारको असंबैधानिक कदमका बिरुद्ध नेपाली कांग्रेसले यही माघ ८ गते ६१ वटै वडामा सरकारको असंबैधानिक कदमका बिरुद्ध गरेको बिरोध सभाको समीक्षा र भावी रणनितिका विषयमा छलफल भएको थियो । नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले सहभागीले उठाएका जिज्ञासा, प्रश्न र सुझाबहरुलाई समेटेर मन्तब्य राख्दै बैठक सम्पन्न भएको हो ।
बैठकले केही जिल्लाका केही वडामा संगठन विशेष सुदृढीकरण अभियान र केही वडामा संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ६१ वटै वडामा खटिएर जाने प्रतिनिधि , आन्दोलनमा सहभागी हुने कांग्रेस कार्यक्रता तथा सुभेच्छु्क सबैलाइ धन्यवाद ज्ञापन गर्दै बैठक सम्पन्न भएको कांग्रेस जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले बताउनु भयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका पदाधीकारी, सदस्यहरु, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, संगठन विभागका सदस्य, पालिका संयोजक, सरोकारवालाको सहभागिता रहेको बैठकमा हिजो ५५ जनाले र आज ३० जनाले गरी ८५ जनाले आआफ्नो धारणा राखेको नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधब प्रसाद पौडेलले बताउनु भयो ।
नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरण संगै केन्द्रिय कार्य समितिले तय गरेका सम्पुर्ण आन्दोलनका कार्यक्रमलाई अगाडी बढाउदै सरकारको असंबैधानिक कदमका बिरुद्धमा ससक्त रुपमा आन्दोलन गर्दै अगाडी बढ्ने समेत निर्णय भएको जिल्ला सचिव विष्णु भुसालले बताउनु भयो ।