अर्घाखाँची कोरोना मुक्त नजिक, जिल्लाभर १७ जना संक्रमितहरु मात्र (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । अहिले जिल्लाभर १७ जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा ९ जना,  भूमिकास्थान नगरपालिकामा २,   मालारानीमा १ र छत्रदेवमा ५ जना रहेका छन् । साथै शितगंगा र पाणिनी कोरोना मुक्त भएका छन् । यि दुई पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । 
उत जिल्लामा आजसम्म संक्रमितको संख्या ७८५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३७२ जना, शितगंगा नगरपालिकामा १०६,     भूमिकास्थान नगरपालिकामा १३४,   मालारानीमा ८६,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५४  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७५५  जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३५८    जना, शितगंगा नगरपालिकामा १०४,      भूमिकास्थान नगरपालिकामा १२९,    मालारानीमा ८४,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ४९ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
 
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १७  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता अर्घाखाँची जिल्लामा ३ हजार ८ सय ५० डोज कोरोना खोप बुधवारबाट लगाउन शुरु गरिदै छ ।