बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
यूएई नेपाली एकता समाज क्षेत्रीय समिती दुबइको बैठक समाजका सचिब प्रकाश जि.सी. को सभापतित्वमा र समाजक केन्द्रिय अध्यक्ष मान बहादुर थापा,सल्हाकार लाल बहादुर पुन ,के स शिवराज जोशी, याम बह्दुर पुन र समाजसेबी कृष्ण ढकालको बिशेष उपस्थितिमा सम्पन्न भएको समाचार विवरण प्राप्त भएको छ । सो सम्पन्न बैठकले बिभिन्न महत्वपूर्ण बिषयमा निर्णय गर्नुका साथै क्षेत्रीय समितीको कार्यभारमा समेत हेरफेर गरेको बताइइएको छ ।
क्षेत्रिय समितिका अध्यक्ष कम्पनिले दिएको लामो बिदामा स्वदेशजानु भएको कारणले उहाको रिक्त स्थानमा कार्यबाहक अध्यक्षमा प्रकाश जि.सी. लाई र सचिब मा बिष्णु आचार्य लाई सर्ब समितिले चयन गरेको छ । नब नियुक्त का.बा. अध्यक्ष र सचिब लाई कार्य सफलताको शुभकामना दिनु हुँदै बिशेष उपस्थिती के. अध्यक्ष मान बहादुर थापाले आज देशलाई बिखन्डन कारीहरुले बिदेशिको ईशारामा भाग बन्डा लगाएर बिदेशी प्रभु हरुको राम्रो सँग चाकडि गरिरहेको भन्दै ’सक्छन भने दबाउ नेपाल आमाका सच्चा सपुत लाइ देश द्रोही ले’ भन्दै आक्रोस पोख्नु भएको थियो । यूएई नेपाली एकता समाजले राष्ट्रियताको रक्षाको लागि जस्तोसुकै बलिदानी दिनपनी तयार रहेको कुरा प्रस्ट पार्दै अहिले चलेको संघियता बिरुद्धको आन्दोलनलाई सफल पार्न सबै देशभक्त हरुलाई एकजुट हुन आग्रह गर्नु भएको छ ।
अन्त्यमा समाज सेबी तथा संघियता बिरोधी नेपाली संघर्स समिति यू.ए.ई.का कृष्ण ढकाल ले, यू.ए.ई. नेपाली एकता समाज र संघियता बिरोधी नेपाली संघर्स समिति यू.ए.ई.ले संयुक्त रुपमा चलायको हस्ताक्षर अभियान अब अन्तिम चरणमा पुगेको , सङ्कलन कार्य भईरहेको र अब छिट्टै त्यो हस्ताक्षर लाई सम्बन्धित निकायमा पुराउने जानकारी गराउनु भएको थियो । स्मरणिय कुरा हो संघियता बिरोधि नेपालमा गठित सम्युत्त मोर्चा मा प्रवासि नेपलिको प्रतिनिधित्व गर्दै यूएई बाट कृष्ण ढकाल लाइ सहभागि गराएको छ ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com
मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।