बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– वीरेन्द्र केसी – अर्घाखाँची प्रतिनिधि
सन्धिखर्क, अर्घाखाँची – एउटा पहाडी जिल्लामा कति सडक होलान ? सहजै अनुमान गर्न सकिन्छ आठ, दश या पन्ध्र तर अर्घाखाँचीमा भने टोलैपिच्छे सडक छन । जिल्लामा बन्दै गरेका र निर्माण पुरा भैसकेका सड्कको सख्या पाँच सय जति पुगेको छ । जिल्लाका ४२ वटौ गाविसका प्रत्येक टोलमा सड्क खनिएका छन । सबै गाविसको प्रत्येक वाडको सबै टोलमा सड्क निर्माण भएपछि स्थानीयलाई यातायातको सुविधा पुगेको छ । टोलैपिच्छे खनिएका कच्ची सड्क एक गाविसमा कम्तिमा २२ वटा छन । टोलसम्म मोटर पुर्याउने क्रम जारी छ । सबैभन्दा धेरै सड्क अर्घा गाविसमा छन । जहाँ २० वटा निर्माण सम्पन्न कच्ची मोटरबाट छन । टोलसम्म पुगेका कच्ची सड्क एक गाविसबाट अर्काे गाविसको नाका सम्म खुल्ने गरि निर्माण भएका छन ।
सबै सर्वसाधारणलाई यातायातको सुविधा पुर्याउने उद्देश्यले जिविस, गाविस र स्थानीय गाउँलेको सहयोगमा टोलसम्म सड्क पुर्याउन छ वर्षदेखी टोलैपिच्छे सड्क अभियान थालिएको हो । स्थानीय गाउँलेले सामुदायिक वनको आम्दानी, चन्दा संकलन गरेर र आफनै श्रमले निर्माण पुरा भएका र बन्दै गरेका कच्ची सड्क सरकारी रकमबाट भन्दा तेब्बर बढी निर्माण भएका छन । जिल्लामा निर्माण भएका १ सय ५१ स्थानीय कच्ची सडक,२८ मुख्य सडक, ५० वटा गाउँ स्तरीय र जिल्ला स्तरीय ९६ वटा सडक छन जिविसका ईन्जिनिर नविन कुमार सिंहले भने, त्यो बाहेक अरु सडकको तथ्याङ्क छैन, यो वर्षमा १६ वटा सहायक सडकको निर्माण गर्ने योजना छ भने ९ वटा जिल्लाका मुख्य सड्कको स्तान्नोत्तरी गरिने भएको छ । हालसम्म जिल्लाका सडकको सख्या पाँच सय भन्दा बढी पुगेका छन ।
स्थानीय गाउँलेले सामुदायिक वनको आम्दानी, चन्दा संकलन र स्थानीयले आफै खनेर टोलसम्म पुर्याएका सड्क जिविसले निर्माण गरेका भन्दा तेब्बर छन । जिल्लाका टोलसम्म निर्माण पुरा भएका र बन्दै गरेका सडक कति छन भन्ने जिविसले रेकर्ड राखेको छैन तर ५ सय भन्दा बढी कच्ची सडक रहेको अनुमान गर्न सकिन्छ । उपभोक्ता र गाउँलेले आफैले सर्भे गरेर निर्माण पुरा र बन्दै गरेका सड्क पनि उत्तिकै छन । स्थानीयले आफै खनेका धेरै बाटामा भने ग्रेट नमिलेका कारण गाडी चल्न भने सकेका छैनन ।
सबै गाविसको टोल टोलसम्म सड्क पुगेपछि स्थानीयलाई यातायातको सुविधा पुगेको छ । गत वर्षमा जिल्लामा छरिएर रहेका बाटा निर्माण गर्ने भनिएपनि यस वर्ष जिल्लाका ९ वटा सड्कलाई ढल, टनिङ कुलेसा बनाउने गरी मजबुद बनाईने स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेलले भने, जिल्लाका सबै टोलसम्म सड्क त पुगे तर तीनलाई नभत्किने र बाह्रैमास गाडी चल्ने किसिमको सड्क बनाउने योजना रहेको छ ।
जिल्लामा भएका मुख्य, सहायक, गाउँ स्तर गरी टोलसम्मका सबै सड्कलाई नमुना सडक बनाउनको लागि डिटियल सर्भे गरेर स्तर उन्नती गरेर लैजाने योजना रहेको उनले बताए । जिल्लाका सबै टोलबाट १० मिनेटको पैदलमा सबैले सडक मार्ग भेटाउन सक्ने पौडेलले बताए । सडक र विकास निर्माणको लागि जिल्ला स्थित राजनैतिक दलको आपसी सम्बन्ध र सहमती राम्रो भएकाले सोचे भन्दा छिटो टोलैपिच्छे सड्क पुर्याउन संभव भएको पौडेलको भनाई छ । जिल्लामा निर्माण सम्पन्न भएका धेरै बाटा लथालिङ अवस्थामा रहेकाले ग्रामीण भेगका कच्ची सडक जोखिमपुर्ण रहेको छन । वषर्ादको समयमा पनि जिल्लाका सबै गाविसका नियमित गाडी चल्ने गर्छन । जिल्लाका सबै टोलसम्म मोटरबाटा पुगेपछि अर्घाखाँचीको आर्थिक उन्नतीमा पनि ठुलै फड्को मारेको छ । सडक टोलसम्म पुगेपछि गाउँलेले सदरमुकाम आउँदा तरकारी, फलफुल, जडिबुटी उत्पादनमा पनि वृद्धि भएको वाँगी गाविसका पुर्व अध्यक्ष पिताम्बर भुसालले बताए ।
गाउँमा सडक पुगेपछि स्थानीयले तरकारी र उत्पादन गरेर घर खर्च चलाउन सहज भएको छ । खेतबारीमा उत्पादन भएका वस्तुहरु सदरमुकाम ल्याएर बिक्री गर्नमा सहज भएको छ । जिल्लामा जीप, टयाक्टर, सबै बाटोमा चल्छन भने अधिकाश सडकमा टक र बस सञ्चालन भएका छन । टोलैपिच्छे सड्क बनेपछि आवत जावत गर्न छिटोछरितो भएको वाँगीका स्थानीय टीका मिश्रले बताए । जिल्लाको ४२ वटै गाविसबाट तीन, चार घण्टामा सदरमुकाम आउन सकिन्छ ।
गत वर्षसम्म सडक निर्माणको लागि जिविस परिषदबाट ८० प्रतिशत बजेट खर्च गरिदै आएको छ । यस वर्ष जिल्लाको सन्धिखर्क बल्कोट हुदै गुल्मीको तम्घाससम्म र सन्धिखर्क धारापानी ढाकावाङसम्म जोडने मुख्य सडकलाई यस वर्ष ११ किलोमिटरसम्म पीच गरिने भएको छ । जिल्लाका टोलसम्म निर्माण पुरा भएका र बन्दै गरेका कच्ची सडकलाई अब ग्राभेल गर्ने र ढल काट्ने र वषर्ामा पनि गाडी चल्ने खालका बनाईने काग्रेस जिल्ला उपसभापती विष्णु मुस्कानले बताए ।
जिल्लाको सन्धिखर्क गोरुसिङ्गे सडक, सन्धिखर्क वाँगी, हंसपुर हुदै गुल्मीको पुर्काेट दहबाट तम्घास सम्म जोडिएको सडक, सन्धिखर्कदेखी किमडाँडा ढाकावाङ्ग हुदै प्युठानको सलङ्गा सम्म जोडिएको, सन्धिखर्क वाङ्गला, बल्कोट, ठुलापोखरा हुदै गुल्मीको तम्घास र सन्धिखर्क घुम्ती नरपानी हुदै पाल्पाको तानसेन सम्म जोडिएका सड्क जिल्लाको गहनाको रुपमा रहेका नमुना सडक हुन । ढोपाटन सालझण्डी मुख्य सड्क निर्माण कार्य भैरहेको छ । उक्त सड्क सम्पन्न भएपछि गुल्मी, प्युठान,बाग्लुङ्ग ररोल्पाजिल्लाकोप्रमुखनाका सन्धिखर्क हुनेछ ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com
मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।