भारतको लुधियानामा न्यु सागर एण्ड सगरमाथा टुर र फ़ैन्स कल्वद्धारा अर्घाखाँचीडट्कमका डिआरजी सुमनलाई विदाई (भिडियो, फोटो सहित)

धर्मराज पन्थी
लुधियाना ।  भारत यात्रामा रहेका अर्घाखाँची डिआरजी सुमनलाई लुधियाना देखी विदाईगरिएको छ । भारत यात्राभर प्रतक्ष्य रुपमा सहकार्य गर्नु भएका न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रैवल्सका एमडी तथा डिआरजी सुमन फ़ैन्स कल्व सदस्य वावुराम घिमिरे,डिआरजी सुमन फ़ैन्स कल्व सदस्य गणेश विक लगायतले एक कार्यक्रम विच विदाई गर्नु भएको छ ।
नेपाल भारत वस व्यावसायिक महासमितीको दोस्रो अधिवेशनमा सहभागिताजनाउन लुधियाना पुगेका डिआरजी सुमनले लुधियानामा अधिवेशनको कार्यक्रमपछि जालन्धरमा स्पेशल अनुसन्धानात्मक कार्यक्रमलाई सहजीकरण गरेकाथिए । जालन्धरमा डिआरजी सुमन फ़ैन्स कल्व द्धारा जालन्धरमा आयोजितकार्यक्रममा सहभागिता जनाउनु भएका सुमनले हिमाचल प्रदेशको नयना देवीमन्दिर दर्शन पनि गरेका छन । ७२ औँ भारतीय गणतंत्र दिवस को अवसर सहभागिता जनाएका सुमन लाई भारतीय जनसमाज मोर्चा  ले सम्मान पनि गरेको छ ।

डिआरजी सुमन फ़ैन्स कल्वका सदस्य डिलराज विसी,वावुराम घिमिरे,राज कुमार पोखरेल सहितको भ्रमण टोलीले भारतका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक भेटघाट सम्पन्न गरेको छ । भारत यात्रामा लुधियानामा गणेशविक ले स्वागत गर्नु भएको थियो । अर्घाखाँची डटकम् परराष्ट्र मामिला प्रमुखसमेत रहेका डिआरजी सुमनको भारत यात्रा सफलता पुर्वक सम्पन्न भएको छ ।
स्वतन्त्र पत्रकार डिआरजी सुमन ले  भारत यात्रा अवधिमा केही औपचारिक त केही अनौपचारिक गरी ५० भन्दा धेरै कार्यक्रम सहभागिता जनाएका छन । भारतीय भूमिमा नेपालीका सफलता र समस्या लाई नजिकै वाट नियाल्ने खरो पत्रकारिता गरेका कारण पनि सुमनको भारतमा राम्रो छाप रहेको देखिन्छ । डिआरजी सुमन जनवरी २९ तारीख़ शुक्रवार सम्म नेपाल पुग्ने डिआरजी सुमन फ़ैन्स कल्वको संरक्षक दीपक भूसालले अर्घाखाँची डटकम् लाई जानकारी गराउनु भएको छ ।
तस्वीर धर्मराज पन्थी/अर्घाखाँची डटकम् ।