केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. २ कुरमा बनाइएको बधशाला निर्माण गरेको २ बर्ष सम्म पनि प्रयोगमा आउन सकेको छैन् । सन्धिखर्क नगरपालिकाको करिब तीस लाख बजेट खर्चिएर बनाइएको सो संरचना उद्घाटन नहुदै जिर्ण अबस्थामा पुग्ने लक्षण देखिएको छ ।
वरिपरि घाँस पतिङ्गर हरुले भरिएको , माटोको ढिस्को हरु खसेर सटर हरु भित्र सम्म पुगेको हुनाले त्यो स्थान फोहोरो अबस्थामा देख्न सकिन्छ ।
सन्धिखर्क आसपासका दुर्ब्यसनमा फसेकाहरु त्यस स्थानमा लुकेर लागू औसध प्रयोग गर्ने गरेको पनि स्थानीयले बताए ।
सन्धिखर्क आसपासका मासु ब्याबसायी हरुलाइ मध्यनजर गर्दै निर्माण गरिएको उक्त बधशालाको बारेमा नत उपभोक्ताहरुलाइ नगरपालिकाले पुर्ण जानकारी दिइ सचेत गराएको छ नत प्रयोगमा नै ल्याउन सकेको छ ।
ब्यबस्थित रुपमा पशु बध गरि आम उपभोक्ताहरुलाइ स्वस्थ मासु उपभोग गर्ने अबसर गर्ने भनेर यो बधशाला निर्माण गरिएको चर्चा चलाइएता पनि कुरा अनुसारको काम देखिएको छैन् ।
सन्धिखर्क नगरपालिकाले गरेका कामहरु पारदर्शी र जनमुखी नभएको आरोप लागिरहेको बेला यो बधशाला पनि लापरबाहीको गतिलो उदाहरण बनेर उभिएको छ ।
जनताको पसिनाले तिरेको करबाट संकलित बजेट खर्च गरि बनाइएको यो र यस्ता अन्य संरचनाहरु छिट्टै संचालनमा ल्याइ थप आलोचना बाट जोगिदै काम गर्नुपर्नेमा तत्काल सन्धिखर्क नगरपालिकाको ध्यान जानू जरुरी छ ।