अर्घाखाँचीमा दोस्रो दिन ६० जनाले कोरोना खोप लगाए, अहिलेसम्म खोप लगाउनेको संख्या १०० जना पुग्यो

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा शुक्रबार थप ६० जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।
 नेपाल सरकारले तोकेअनुसार अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य क्षेत्रका ६० जना व्यक्तिहरुलाई खोप दिईएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । 
भारत सरकारको सहयोगमा उपलब्ध भएको कोभिशिल्ड नामक खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी,महिला स्वास्थ्य स्वंय सेबिका,सुरक्षाकर्मी, र एम्बुलेन्स चालकलाई लगाईएको हो । 
बिहिबार ४० जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका थिए,यससंगै जिल्लामा हालसम्म एकसय जनाले खोप लगाएका छन् ।