ढाकावाङका थानपती खनाल २२ वर्षपछि परिवारको संपर्कमा आए

माधव खनाल 
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १  ढाकावाङको आम्बोट चौताराका एक व्यक्ति २२ वर्षपछि परिवारको संपर्कमा आएका छन् ।   
ढाकावाङको आम्बोट चौतारा निवासी ६५ वर्षका थानपती खनाल घरपरिवारसँग २२ वर्षपछि सम्पर्कमा आएका हुन् । 
खनाल आफ्ना भाई जिवलाल खनाल र बैनिज्वाइँ दधिराम भुसाल मार्फत भारको दिल्लिमा सम्पर्कमा आएको उहाँका भतिज नारायण खनालले बताए २२वर्ष पछि सम्पर्कमा आएपछि  घरपरिवारमा खुसियाली छाएको खनालले बताए खनाललाई अब छिट्टै घरपरिवार समक्ष ल्याउने उहाँका भाइ जिवलाल खनालले बताउनुभयो । 
खनालका एक श्रीमति तीन भाइ छोरा एक बुहारी र नातिनी हुनुहुन्छ ।
२२ वर्षपछि सम्पर्कमा आउनुभएका खनालका स परिवार हाल सन्धिखर्क नगरपालिकामा बसोबास गर्दै आउनुभएको छ ।

अन्य समाचारहरु