अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । ओली निकट नेकपा अर्घाखाँची काठमाडौं सम्पर्क मन्च र अर्घाखाँची काठमाडौ गणतान्त्रिक मन्चकाेको भेला काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंको बागबजारमा अर्घाखाँची काठमाडौं सम्पर्क मन्च र अर्घाखाँची काठमाडौ गणतान्त्रिक मन्चकाे आयाेजनामा आयाेजित कार्यकर्ता भेला कार्यक्रम सभ्य र भव्य रुपमा उर्जा जलस्राेत र सिचाई मन्त्री टाेपवहादुर रायमाझीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हो ।
भेलामा रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो । भेलामा रायमाझीले प्रचण्ड र माधव नेपालले काठमाडौंमा गरेको भेला भन्दा अर्घाखाँचीको भेला ठुलो थियो अव जनमत कसको पोल्टामा छ २३ गते हेर्नुहोला भने ।
कार्यक्रममा दुवै मन्चकाे एकिकरण गरि काठमान्डाै अर्घाखाँची सम्पर्क मन्चकाे रुपमा अव व्यापक रुपमा सम्पुर्ण कार्यकर्ता सङ्गठित गर्दै २३ गतेकाे आमसभा भव्य वनाउने र आगामी चुनावकाे तयारीका साथ लाग्ने गरि सम्मेलन पुर्व साविक मन्चका सम्पुर्ण पदाधिकारी यथावत रुपमा कमिटिमा रहने गरि अन्य जागरुक र नेतृत्वक्षमता रहेका सवैलाई सम्मेलन आयाेजक कमिटि सयाेजक विशाल मिश्रलाई ताेकिएकाे छ ।
आयाेजक कमिटिले यथासिध्र छेत्रीय भेला र पालिका स्तरिय भेला गरि कमिटि निर्माण गर्ने जिम्वेवारी दिईएकाे छ ।
कार्यक्रममा वाेल्दै माननिय मन्त्री टाेपवहादुर रायमाझीले देशमा ओली नै सच्चा राष्ट्रवादी नेता भएकाे र देशकाे रक्षा , सविधानकाे पालना र आर्थिक तथा भाैतिक विकासकाे फड्काे मार्ने ओली नेतृत्वकाे सरकार चाेरवाटाेवाट ढाल्ने माधव प्रचन्डको वाटाे पश्चगमनकाे यात्रा भएकाेले आफु संस्थापन पक्षमा रहेर दिर्धकालिन रुपमा नेपालकाे का्युनिष्ट आन्दाेलनकाे रक्षा र उपलव्धिलाई चुनावमार्फत संस्थागत गर्ने महत्वपुर्ण घडिमा अहिले आफु दृढ रुपमा रहेकाे र कार्यकर्ता सवै यहि वाटाेमा लाग्न आव्हान गर्नुभयाे ।
कार्यक्रममा वाेल्दै पुर्व गणतान्त्रिक मन्चका अध्यक्ष चुरामणी खनालले देशकाे सविधान रक्षा गर्न र लाेकतन्त्रलाई वचाउन आफु संस्थापन पक्षमा रहने वताउनु भयाे । कार्यक्रमकाे सन्चालन विशाल मिश्रले गर्नुभएकाे थियाे ।