अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । अहिले जिल्लाभर १९ जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा १४ जना, भूमिकास्थान नगरपालिकामा १, मालारानीमा १ र छत्रदेवमा ३ जना रहेका छन् । साथै शितगंगा र पाणिनी कोरोना मुक्त भएका छन् । यि दुई पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।
उत जिल्लामा आजसम्म संक्रमितको संख्या ७९१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३७८ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३४, मालारानीमा ८६, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७६१ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३५९ जना, शितगंगा नगरपालिकामा १०४, भूमिकास्थान नगरपालिकामा १३०, मालारानीमा ८४, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५१ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता अर्घाखाँची जिल्लामा आजसम्म १०० जनाले कोरोना खोप लगाएका छन् ।