अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पुर्व उर्जामन्त्री तथा नेकपा नेता बर्षमान पुनले लोडसेडिङको अन्त्य कसरी र कस्को पालोमा भयो भन्ने सबैले बुझिसकेकाले मैले लोडसेडिङ अन्त्य गरे भन्दै भाषण गर्दै हिंड्नु नपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले लोडसेडिङ टोपबहादुर रायमाझीले नभई प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला अन्त्य भएको बताए । कुलमानलाई पनी उहाँहरुकै पालामा नियुक्ती गरिएको उनको भनाई छ । ‘बिजुलीका तार अन्डरग्राउन्ड गर्दा कती मान्छे मर्ने हुन् भन्दै हिंडेको सुनेको छु, उनले भने,‘ यो हाँस्यास्पद कुरा हो, अधिकांश देशहरुमा हामीले देखेका छौं ।’
उर्जामन्त्री टोपबहादुर रायमाझीको गृहजिल्लामै आएर पुर्व उर्जामन्त्री पुनले विद्युत उत्पादन बढी भएका बेला समेत लोडसेडिङको तालिका सर्वजनिक हुनु दुखद् रहेको बताएका छन् ।