केशवराज ज्ञवाली / फोटो-दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रचण्ड- नेपालको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कको सभाहलमा गरिएको उक्त भेलालाइ सम्बोधन गर्दै ने. क. पा. दाहालनेपाल का लुम्बिनि प्रदेश इचार्ज युबराज ज्ञवालिले खड्ग प्रसाद ओलि दुई चार दिनको पाहुना भएको बताउदै अब छिट्टै जनताले उनलाइ बिदा गर्ने दाबी गरे । सिङ्गो देश एकातिर के. पि. गुट अर्को तिर भएको भन्दै उनले अब जनताले के. पि. ओलिलाइ बालुवाटार बाट थुतेर सडकमा पछार्ने दिन आउने बताए ।
अब के. पि. ओलि कम्युनिस्टको खोल ओढेको प्रतिगमनकारि भन्दै नेता ज्ञवालिले अब त्यो खोल च्यात्तिदै ओलि नाङ्गेझार भएको बताए । समग्रमा ओलि रास्ट्रघाती हुन भन्दै उनले ओलि कम्युनिस्ट धुलो पिठो पार्ने प्रयासमा लागेको दाबी गरे । तर जनताले त्यो हुन नदिने भन्दै उनले ओलिका मन्त्री हरुपनी अब लुकेर हिड्ने अबस्था आएको दाबी गरे ।
यस्तै प्रशिक्षण भेलामा पुर्व उर्जा मन्त्री बर्षामान पुनले ओलिको कदमले गर्दा देश अराजकता र अस्थिरता तर्फ गएकोले आफुहरु बाध्य भएर आन्दोलनको कदम उठाएको बताए । गल्ती गर्ने हरुलाइ मुक्का हान्नै पर्ने बताउदै उनले अब अब मुक्का खाने पालो ओलि ग्रुपको भएको दाबी गरे ।
यस्तै भेलालाइ प्रशिक्षण दिइदै ओनसरि घर्तीले के पि जस्ता निरंकुश अब पार्टिमा नभएकाले पार्टी थप मजबुत बन्ने दाबी गरिन । उनले टोप बहादुर रायमाझी पहिला आफ्नो पनि नेता भएको तर पद र प्रतिस्ठाको लोभले बालुवाटार छिरे पछि अब आफ्नो नेता नरहेको बताइन । देशलाइ समाजबादको दिशा तर्फ डोर्याउन आफुहरुले पहिला बन्दुक बोकेको स्मरण गर्दै घर्तिले अब बन्दुक बिनानै जनताको साथ लिएर आफू र आफ्नो पार्टी समाजबाद तर्फ लम्किने बताइन ।
भेलालाइ नेता डिलाराम आचार्य , ठाकुर गैरे लगायतले सम्बोधन गरेका थिए भने जिल्लाका छ वटै पालिकाका प्रतिनिधिहरुले भेलामा पालिका रिपोर्ट प्रस्तुत गरेका थिए ।