केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रधानमन्त्री खड्ग प्रसाद ओली नेपालको कम्युनिस्ट आन्दोलन खतम गर्ने अभियानमा लागेको आरोप दाहाल नेपाल समुहका नेता युवराज ज्ञवालिले लगाएका छन ।
ने. क. पा. अर्घाखाँची दाहाल नेपाल समुहको कार्यकर्ता भेला पुर्व गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री ओलिको थप आलोचना गर्दै ओलिमा पार्टी र सत्ता दुबै आफुनै हु भन्ने घमण्ड हाबि रहेको बताए ।
देशलाइ अन्धकार तिर धकेल्नको लागि संसद विघटनको कदम चालेर चुनाबको नारा लगाइएको नेता ज्ञवालिले आरोप लगाए । प्रधानमन्त्री ओलिले पार्टि बिधान बिपरित कदम चाल्दै राजनितिक अपराध गरेकोले पार्टी बिधानसम्मत उनलाइ कारबाही गरिएको पनि नेता ज्ञवालिले स्पस्ट पारे ।
पार्टीको निति निर्देशन र घोषणापत्र अनुरुप सरकार संचालन गर्नुपर्नेमा ओलिले स्वेच्छाचारी ढंगले सरकार संचालन गर्दै पुर्णतः अलोकतान्त्रिक बाटो रोजेको नेता ज्ञवालिको आरोप छ ।
अहिलेको विवाद कुर्सिको नभएर सिस्टम र पद्दतिको लागि भएको उनको भनाइ छ ।ओलिला अझै पनि सचेत हुन आग्रह गर्दै नेता ज्ञवालिले” भने मै पार्टि र मै सरकार भन्ने घमण्ड त्यागिदिनुस ।”
बर्तमान सरकारको कदमले देशलाइ राजनितीक घाटा मात्र नभई सबै तिर घाटा पुर्याएको उनको भनाइ छ । जनताले बहुमत ने क पा लाइ दिएको तर ओलिका कारण जनताको उत्साहमा तुषारापात भएको भन्दै उनले आगामि दिनमा आफुहरु थप आत्म समिक्षा र आत्मालोचना गर्दै अघि बढ्ने बताए ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै पुर्व उर्जा मन्त्री बर्षामान पुनले पार्टि भित्र बिबाद भएता पनि आफुहरु गन्तब्य बिमुख नभएको बताए । संसद विघटन अपराध हो भन्दै उनले यो संसद पुनर्स्थापना गरेर लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने बताए । ओलि ग्रुप अलोकतान्त्रिक बाटो तर्फ हिडेको भन्दै तुरुन्त सचेत हुन चेतावनी दिए ।