खाँचीकोटको डिहिडाँडामा जनसहयोग बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा कार्यसमिती भङ्ग गर्दै सम्पन्न

केशब घिमिरे 
खाँचिकोट, डिहिडाँडा (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको खाँचीकोटको डिहिडाँडामा रहेको जनसहयोग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा सम्पन्न भएको छ । 
 खाँचीकोटको डिहिडाडामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अथितिको रुपमा  सन्धिखर्क वार्ड नम्बर सातका वार्ड अध्यक्ष प्रितम बहादुर थापाले  गर्नुभएको थियो । 
    सभामा विभिन्न सांगठनिक प्रतिबेदन  ऋण उप समितिको प्रतिबेदन र लेखा समितिको बार्षिकप्रतिबेदन प्रस्तुत गरिएको थियो । 
   संस्थाका बर्तमान अध्यक्ष सिद्दी प्रसाद ज्ञवालिले अध्यक्ष पद बाट राजिनामा दिए पछि कार्यसमितिनै भंग गरिएको छ । रिक्त अधक्ष्य पदमा पिताम्बर भट्टराई र जगत प्रसाद आचार्यले दाबी नछाडे पछि मिलाउनको लागि धुर्बराज के ।सि । , रामबहादुर के सि । र दिलदार हुसेनको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले  एक हप्ता भित्र टुङ्गो लगाउने   यदि कार्यदलले पनि नसकेमा निर्बाचनमा जाने गरि सभा समापन गरिएको छ ।
     विशेष अभिनन्दन सहित सम्पन्न सभामा शिबहरी भट्टराईले स्वागत मन्तब्य राखेपछी जगत प्रसाद आचार्य , बिष्णु भुसाल र सहकारी संघका अध्यक्ष  लक्षमण कंडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
        सभाको प्रमुख अथितीमा वार्ड न । ७ का अध्यक्ष प्रितम बहादुर थापा  , अथितिहरुमा साना किसान सहकारी संस्थाका ब्यबस्थापकका साथै ७५ बर्ष उमेर समुहका सम्पुर्ण सेयर सदस्यहरुलाइ अथिती आसनग्रहण गराइएको थियो ।सभाको सभापतित्व सिद्दी प्रसाद ज्ञवालिले गर्नुभएको थियो भने सभाको सन्चालन तिर्थराज आचार्यले गर्नुभएको थियो । 

अन्य समाचारहरु